धरान: स्वस्थ्य शरीर, स्वस्थ्य जिवन, स्वच्छ धरान नाराका साथ हुन लागेको एघारौ धरान १० कि.मि. नेवा च्यारिटि रन २०७९ दौड प्रतियोगिताको तयारी पुरा भएको छ ।
आयोजक धरान रन समुहले बिहिबार पत्रकार सम्मेलन गर्दै फागुन १३ गते शनिवार हुने दौड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो । ११ औं सँस्करणमा धरान र धरान वाहिरका ३ हजार बढी धावकधाविकाहरुले सहभागिता जनाउने धरान रनका अध्यक्ष रोमु राईले जानकारी दिए । प्रतियोगितामा नेपालका राष्ट्रिय म्याराथन धावकहरुसंगै भारतको दार्जिलिङ, सिक्किम, केन्या, हङकङ, अमेरिका, युके लगायत देशहरुबाट समेत सहभागिता जनाउने पनि उनले बताए ।
प्रतियोगिताका विजेता नगद ६० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने दोस्रो उपाधि विजेताले ४० हजार र तेस्रो उपाधि विजेताले जनही ३० हजार रुपैया, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा १३ वर्ष मुनि, ४० देखि ५९ वर्ष सम्मका भ्रेटान, ६० देखि माथी सुपर भ्रेटान र व्हिलचियरको छुट्टै प्रतिश्पर्धा गराइनेछ । १३ बर्ष मुनिकाहरुले ३ कि.मि. मात्र दौडनु पर्नेछ । भेट्रान, १३ वर्ष मुनिका र व्हिलचियर प्रतिश्पर्धाका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैया, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सुपर भेट्रान विजेता तथा उपविजेताले गिफ्ट भौचर प्राप्त गर्नेछ।
रुट परिवर्तन, टाइमिङ्ग चिपको प्रयोग
११ औ संस्करणमा दौड प्रतियोगिताको रुट परिवर्तन गरिएको छ। धरान उपमहानगरपालिकाले भर्खरै मात्र सुरु गरेको वान वे सवारी अभियानलाई सर्मथन गर्दै रुट परिवर्तन गरिएको धरान रनका संस्थापक तथा म्याराथन धावक सन्तोष राई जानकारी गराए । अहिलेको रुटले लामो समय सडक अवरुद्ध गर्न नपर्ने आयोजकले जनाएको छ ।
यस पटक पुतलीलाइनबाट दौड सुरु गरेर पुरानो बजार, पालिका बजार, पिण्डेश्वर मन्दिर, विजयपुर चौक, रेडक्रस भवन, अमरहाट, जिरो पोइन्ट, जानकी चौक, स्वस्तिक चौक, मंगलवारे, रत्न चोक, वद्ध चोक, दुर्गा चोक हुदै पुतली लाइनमा नै समापन हुनेछ ।
यसैगरि धरान रनले ११ औ संस्करण दौड प्रतियोगितामा पहिलो पटक टाइमिङ्ग चिपको प्रयोग गरेका छन । करिव १६ लाख रुपैया खर्चमा टाइमिङ्ग चिप प्रयोगमा ल्याउन लागेको हो । टाइमिङ्ग चिपको प्रयोग नेपालमा नै पहिलो रहेको राईले जानकारी गराए । चिपको प्रयोगले खेलाडिको सवै नतिजा तथा डाटा कम्प्युटरमा सेट हुने र सहि नतिजा तयार गर्न सकिने उनले वताए । यो सहभागि प्रत्येक खेलाडिको चेस्ट नम्बरसंगै टासिएको हुन्छ ।
विजेतालाई हाल्फ म्याराथन इन लन्डनमा सहभागि गराउने

११ औ संस्करणका महिला पुरुष विजेतालाई आयोजक धरान रनले लन्डन हाल्फ म्याराथन इन लन्डनमा सहभागिता गराउने भएको छ । धरान रनले नेपाल रन लन्डन र लन्डन म्याराथन टिमसँग सहकार्य गरेर सहभागिता गराउन लागेको हो । धरान १० किमि रन पुरुष तर्फ ३१ मिनेट र महिला तर्फ ३४ मिनेटमा पार गरेका विजेता, नेपाली नागरिक भएका खेलाडी पुरुष एक र महिला एक जना खेलाडी लन्डन हाफ म्याराथनमा सहभागी हुन पाउने धरान रनका संस्थापक सन्तोष राईले जानकारी दिए । एक जना खेलाडी बराबर करिव तीन लाख रुपैया खर्च आउछ । त्यसको सम्पुर्ण व्यवस्थापन धरान रनले गर्ने पनि उनले बताए ।
प्रतियोगिताको मुख्य आकर्षण गोर्खा विग्रेड व्याण्ड र दयाहाङ राई
प्रतियोगिताको आकर्षणको रुपमा गोर्खा विग्रेड व्याण्ड वेलायतको प्रस्तुति र दयाहाङ राईको उपस्थिति हुनेछ । दौड सुरु हुनु भन्दा अगाडि विट्रिस गोर्खा बिग्रेड व्याण्डका ३५ जना टिमले प्रस्तुति दिने धरान रन समुहका वरिष्ठ सल्लाहकार एवं पुर्व व्रिटिस सैनिक सुवास राईले जानकारी गराए । गोर्खा विग्रेड व्याण्डले विशेष गरि वेलायतको रोयल फेमिलिको विशेष कार्यक्रममा प्रस्तुति दिने गर्दछ ।
केही समय नेपाल आएको टिमले पोखरा भर्ती क्याम्पमा गोर्खा व्रिटिस आर्मिमा भर्ति भएका गोर्खा सैनिकको कसम परेडमा प्रस्तुति दिएका थिए । उक्त कार्यक्रममा वेलायतका डिफेन्स मिनिस्टर डा. अन्ड्रियु मोरिसनको उपस्थिति रहेको थियो । व्याण्डले नेपाल आएको वेला नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी फोर्षका व्याण्डहरुलाई समेत तालिम दिने गरेको छ । व्याण्डले सोहि दिन प्रदेश १ भरिका पुर्व गोर्खा व्रिटिस सैनिकहरुका लागि समेत प्रस्तुति दिनेछ । उनीहरुलाई दिनको समय धरान १६ स्थित धरान रंगशालाको खेल मैदानमा प्रस्तुनि दिनेछ ।
यसै गरि नेपालका चर्चित कलाकार दयाहाङ राई खेलाडिहरुको हौसला वढाउनका लागि दौड सुरु हुन अगाडि धावकहरु माझ उपस्थिति जनाउनेछन् । यस संगै दौड पश्चात औपचारि तथा पुरस्कार वितरण कार्यक्रममा समेत उनको उपस्थिति रहने छ । उनले कार्यक्रमलाइ सम्वोधन गर्ने समेत कार्यक्रम रहेको आयोजकले जनाएको छ । आयोजकले यसअघि नै बिबिसि मास्टरसेफ विजेता सन्तोष साह आउने घोषणा गरिसकेको थियो । 
तस्विरः बिकास चाम्लिङ राई
                    
		
                                        
                                                                                                
		


		
		
		
		



