धरान: विभिन्न प्रकारका गाडीहरुको ब्याट्री चोरी गर्ने गिरोह र खरिद गर्ने कवाडी सञ्चालक पक्राउ परेका छन् । 

ईलाका प्रहरी कार्यालय धरानका अनुसार अनुसन्धानको लागी ६ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुबारे अनुसन्धान जारी रहेको र म्याद थपको प्रक्रिया पछि मात्र नाम सार्वजनिक गर्न मिल्ने ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउकुमार लिम्बुले जानकारी दिए । प्रहरीले पक्राउ परेकाहरुलाई आजै सुनसरी जिल्ला अदालतमा म्याद थप गर्न लैजाने बताएको छ । 

चोरहरुले ट्याक्टर, टिपर, बस, ट्रक, टेम्पो, सफारीलगायतका सवारीसाधनहरुको ब्याट्री चोर्ने गरेको पाइएको छ । उनीहरुले चोरी गरेको ठुलो परिमाणको ब्याट्री पनि प्रहरीले वरामद गरेको छ । सिसिटीभी फुजेटबाट चोरी गर्दै गरेको देखिएपछि चोर पत्ता लागेको थियो । गाडीको ब्याट्री चोर पक्राउ परेको जानकारी पाएपछि थुप्रै पीडितहरु प्रहरीमा पुगेका थिए । धेरै जसो वडा नम्बर ५ बाट चोरी भएको र एक जना देउराली अस्थायी प्रहरी चौकीले पक्राउ परेको थाह पाएपछि पीडितहरु त्यहाँ पुगेका थिए । पीडितहरुका अनुसार चोरी भएको ब्याट्री सस्तोमा कवाडीवालालाई बेच्ने गरेको खुलेको छ । 

भिडियो: