धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले विद्युतीय ई रिक्सा व्यवस्थापन गर्न बनेको कार्यविधिलाई स्वीकृत गरेको छ।
सोमबार बसेको कार्यपालिका बैठकले ई रिक्सा सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरेको हो । नगर क्षेत्रमा सञ्चालन हुने ई रिक्सा व्यवस्थापनको लागी प्रदेश सरकारबाट प्राप्त गरेको नमुना कार्यविधिको आधारमा तयार भएको मस्यौदामा प्रमुख, उपप्रमुख र महाशाखाहरुको सुझाव समेटेर स्वीकृत गरेको उपमहानगरले जनाएको छ । तीनपांग्रे ई रिक्सा अर्थात सिटी सफारीलाई व्यवस्थापन गर्न स्थानीय तहलाई नै प्रदेश सरकारले जिम्मा लगाएको छ । धरानमा पनि अत्यधिकरुपमा सिटी सफारीहरु सञ्चालनमा रहेका छन् ।
यस्तै, नदीजन्य पदार्थ वडाको आश्यकता अनुसार प्राविधिकको राय, सुझावको आधारमा उत्खनन् गरि विभिन्न वडाहरुलाई वितरण गर्ने पनि निर्णय गरेको छ भने अलकत्रा तथा सिलिकन गिट्टी खरिद गरेर बाटो मर्मत गर्ने पनि निर्णय बैठकले गरेको छ ।
बैठकले धरान एक्स्पोमा बालबालिकालाई लक्षित गरेर राखिएको रोटेपिंगलाई सुचारु गर्न दिने वा नदिने निर्णय गर्ने अधिकार मेयर साम्पाङलाई नै दिएका थिए । मेयर साम्पाङले सञ्चालन अनुमति दिएपछि राजश्व ४२ हजार तिरेर सञ्चालनमा आएको छ । यस्तै, बैठकले धरानको वडा ४, ५ र २० मा आवश्यक पर्ने ७ वटा झोलुङ्गे पुलहरु नेपाल सरकारको सहरी विकास मन्त्रालय, स्थानीय पुर्वाधार विभागमा माग गरेर पठाउने पनि निर्णय गरेको छ ।
भिडियो:
भिडियो:
भिडियो: