धरान: केन्द्रीय प्रबिधि क्याम्पस स्थापनाको ५० औ बर्षको अवसरमा संचालित गोल्डेन जुब्ली स्पोर्ट्स मिट २०७९ अन्तर्गत भएको फुटबल खेलमा टिम माइक्रोबायोलोजी, टिम फिजिक्स र टिम न्युट्रीसन बिजयी भएका छन् ।

माइक्रोबायोलोजिले जियोलोजिलाई १-० गोल अन्तरले हराउदै जित हात पार्यो । माइक्रोबायोलोजिको लागि एकमात्र गोल मदन तामाङले खेल सकिन २ मिनेट बाँकी हुदा गरेका थिए । फिजिक्सले बिटेक (खाद्य प्रबिधि) ४-३ गोल अन्तरले जितेको थियो । उक्त खेलमा फिजिक्सका तर्फबाट सागर थापाले २ गोल, प्रकाश राइले १ गिल र रितेश निरौलाले १ गोल गरेका थिए। बिटेक (खाध्यप्रबिधि)को लागि मन्जिल श्रेष्ठले २ गोल र सुदिप खत्रीले १ गोल गरेका थिए ।

hatis

त्यसैगरि, अर्को खेलमा बिआइटिले न्युट्रीसनलाई ट्राइबेकरमा पराजित गरेको छ। निर्धारित समयमा १-१ गोल भए पछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा बिआइटिले जित निकालेको हो । फागुन १६ गतेबाट संचालन भएको स्पोर्ट्स मिटमा अन्य खेलहरु बास्केटबल, भलिवल, क्रिकेट र अन्य इनडोर खेलहरु समावेश गरिने विद्यार्थी कल्याण प्रमुख उप(प्राध्यापक मनोज खनालले जानकारी दिए । क्याम्पस स्थापनाको ५० औ स्वर्ण जयन्ती फागुन २९ गते बृहत कार्यक्रम आयोजना गरि मनाउने क्याम्पस प्रमुख डा. दिलकुमार लिम्बुले बताए ।

hatisar1