धरान: सँस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किराती धरान आएका छन् । 

रंगशालामा जारी धरान एक्स्पोको समापन समारोहमा सहभागी हुन आएका मन्त्री किरातीले उक्त कार्यक्रम हुनुअघि नेपाल पत्रकार महासंघमा आयोजित पत्रकार सम्मेलनमा सहभागी भएका थिए । प्रेस सेन्टर नेपाल सुनसरीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले धरानको पर्यटनको मात्र कुरा गरेनन्, धरानलाई हब बनाएर कोशीदेखिको जल पर्यटनको पनि चर्चा गरे । उनले धरान र विजयपुरको इतिहासको चर्चा पनि गरे ।

sudan

सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिने क्रममा उनले धरानमा एयरपोर्टको बनाउनेबारे भने प्रष्ट जवाफ दिएनन् । उनले थुप्रै एयरपोर्टहरु सञ्चालनमा आउन नसकेको भन्दै पहिला विराटनगरको एयरपोर्ट पुर्ण क्षमतामा सञ्चालन भएपछि आवश्यकता, चाहना अनुसार धरानमा एयरपोर्ट बन्ने वा नबन्नेबारे विचार गर्ने पनि बताए । 

भिडियो: