धरान: मंगलबार होली पर्व धरानमा पनि धुमधामले मनाइएको छ । 

सोमबार पहाडी क्षेत्रमा मनाइएको होली मंगलबार भने तराईका जिल्लाहरुमा मनाइएको हो । मंगलबार सार्वजनिक विदा पनि दिइएको थियो । धरानमा बिहानैदेखि केटाकेटीदेखि युवायुवती र वृद्धवृद्धाहरु पनि अबिर, रंग एकआपसमा दलेर होली पर्व मनाए । आपसी सद्भाव, खुशी साटासाट गरेर मनाइने होली पर्वमा हरेक बर्ष धरानको भानुचोकमा सांगीतिक कार्यक्रम पनि आयोजना हुन्छ । 

भिडियो:

आज (मंगलबार) पनि भानुचोकमा भव्यतापुर्वक सांगीतिक कार्यक्रम आयोजना गरेर होली मनाइयो । धरानको चर्चित ब्याण्ड आउटसाइडर्सको आयोजनामा भएको भएको कार्यक्रममा युवायुवतीहरु झुमेका थिए । भानुचोकमा मात्र होइन, धरानको विभिन्न चोकहरुमा पनि स्थानीय युवायुवतीहरुले भेला भएर होली पर्व मनाएका थिए । 

holy12

holy8

holy9

holy3

holy5

holy

holy2