धरान: विभागीय टोली त्रिभुवन आर्मी क्लब काठमाण्डौं ७ औं हराईजन राष्ट्रिय बास्केटवल प्रतियोगितामा च्याम्पियन बनेको छ । 

धरान १७ स्थित निम्न माविको बास्केटवल कोर्टमा शनिबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई १००–७० स्कोरको अन्तरमा हराउदै आर्मी च्याम्पियन बनेको हो । आर्मी र पुलिसले प्रत्येक क्वार्टरमा १८–१६, २६–२२, ३५–११ र २१–२१ स्कोर गरेको थियो । फाइनल खेलमा आर्मीका निश्चल महर्जनले व्यक्तिगत २३ स्कोर गरेका थिए ।

विजेता आर्मीले ट्रफीसहित नगद १ लाख ११ हजार ५ सय ५५ रुपैया हात पारेको छ भने उपविजेता पुलिस क्लबले ५५ हजार ५ सय ५५ रुपैया पाएको छ । प्रतियोगिताको जुंगे मामा मोष्ट भ्यालुएवल प्लेयर (एमभिपि) आर्मीका निश्चल महर्जन घोषित हुदै नगद १० हजार र ट्रफी हात पारे ।

final basketball

यस्तै, फाइनल खेलको म्यान अफ दि म्याच आर्मीका रविन खत्री घोषित हुदै नगद ३ हजार र ट्रफी हात पारे भने बेष्ट कोच पनि आर्मीका पुर्णबहादुर खड्का घोषित हुदै नगद ३ हजार र ट्रफी पाए । उदयीमान खेलाडीको पुरस्कार आयोजक हराईजन क्लबका सर्वधन राई घोषित भए । उनले नगद ५ हजार र ट्रफी पाए । 

आयोजक क्लबले पत्रकार लक्ष्मण थापालाई नगद ५ हजार सहित सम्मान पत्र पनि प्रदान गरेको थियो । समापन कार्यक्रममा ज्येष्ठ नागरिकहरु बिश्नाबहादुर राई, रणबहादुर सुनुवार, रत्नबहादुर राई, इन्द्रकुमारी राई र आशा राईलाई सम्मान पनि गरिएको थियो । खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष श्रीभक्त राई, कार्यक्रमका प्रमुख अतिथि उपमेयर अइन्द्रबिक्रम बेघा, वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई प्रविण, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीलगायतले पुरस्कार वितरण गरेका थिए । 

final

final basketba5

final basket2

final basket4

final basket3