धरान: प्रदेश नं १ को नाम कोशी राखिएको विरोधमा प्रदेशभर आज आमहडताल गरिएको छ ।

पहिचान पक्षधर संघसंगठन, राजनीतिक दलहरुको आह्वानमा आज हडताल गरिएको हो । हडतालले सार्वजनिक सवारीका साधनहरु चलेका छैनन् भने शैक्षिक संघसंस्था, बजार, पसलहरु पनि ठप्प देखिएको छ । फागुन १७ गते प्रदेश नं १ को प्रदेशसभाबाट बहुमतले प्रदेशको नाम कोशी पारित भएको थियो । एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्रलेसमेत कोशी प्रदेशको पक्षमा मतदान गरेपछि दुईतिहाई बढी मतले पारित भएको थियो । कोशी नामप्रति जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी विपक्षमा रहेको थियो । 

banda1

कोशी प्रदेश स्वीकार्य नभएको भन्दै किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, जसपा, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायतको आह्वानमा हडताल भएको हो । हडतालको प्रभाव धरानमा पनि परेको छ । लामो तथा छोटो दुरीको सवारीसाधनहरु चलेका छैनन् भने टेम्पो, मोटरसाइकल, सिटी सफारीलगायत भित्री बाटोबाट मात्र चलेको छ । बन्दकर्ताहरु भानुचोक प्रवेश गर्ने चारैतिरको सडकमा उभिएर प्रवेश गर्न दिएका छैनन् । 

banda3

banda