धरान: आइतबार दिउँसो करिब १ बजेतिर धरान वडा नं १५ स्थित बाँझगरा वन क्षेत्रमा भिषण डढेलो शुरु भयो । 

दिउँसै डढेलो लागेपछि वन समुहका पदाधिकारीहरुसँगै उपभोक्ताहरु पनि आगो नियन्त्रण गर्न सक्रिय भए । डढेलोलाई पुर्णरुपमा नियन्त्रणमा लिन झण्डै ३ घण्टा समय लाग्यो । त्यतिबेलासम्म डढेलो उत्तरतर्फ वस्ती नजिकै पुगिसकेको थियो । वन समुहका उपभोक्ताहरुले अग्नीरेखा कोरेर आगोलाई नियन्त्रणमा लिन सफल भएका थिए । 

fire1

डढेलो लागेको थाह पाएपछि उपमेयर अइन्द्रबिक्रम बेघा पनि पुगेका थिए । उनी पनि डढेलो नियन्त्रण गर्न समय खटिएका थिए । वन समुहका अध्यक्ष राजन मोक्तानले शिकार खेल्ने, लागुऔषध दुव्र्यसनमा लागेका युवाहरु जंगलमा पसेर चुरोट खादा आगो लाग्ने सम्भावना भएको बताए । यही कारण घाँसदाउरा गर्नेबाहेक अन्यलाई जंगल प्रवेशमा रोक लगाएर निगरानी बढाएको पनि उनले बताए। सुक्खा मौषममा नियमितरुपमा जंगलमा निगरानी र गस्ती गरिरहे पनि डढेलो लाग्नबाट रोक्न गाह्रो भएको बताए । डेढलोले पर्यावरणलाई नै ठुलो असर पुगेको भन्दै उनले जंगलमा आगो नलगाउन पनि आग्रह गरे ।