धरान : कोशी प्रदेश नामकरणको विरुद्ध आन्दोलनको क्रममा घाइते भई उपचारको क्रममा निधन भएका पदम लिम्बू (लाजेहाङ) लाई सहिद घोषणा गर्ने सरकारले निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रीपरिषद बैठकले लाजेहाङलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने पनि निर्णय गरेको सन्चारमन्त्री रेखा शर्माले सन्चारकर्मीहरुलाई जानकारी गराएकि छिन् । प्रदेश सभाबाट कोशी नामाङकन भएको विरोधमा पहिचान पक्षधर राजनीतिक, सामाजिक तथा जातीय संघसङ्गठनहरुले चैत ५ गते विराटनगरमा बृहत प्रदर्शन गरेको थियो । सो क्रममा सशस्त्र प्रहरीसङ्गको झडप लाजेहाङ घाइते भएका थिए । उनको उपचारको क्रममा विपी कोइराला स्वास्थ प्रतिष्ठानमा निधन भएपछि पहिचान पक्षधरहरुले सहिद घोषणाको माग गर्दै आन्दोलन चर्काएका थिए ।