धरान: राष्ट्रपति रामचन्द्र पौडेललाई श्रमदान अभियानको स्थलगत अवलोकन तथा सहभागीताको लागी मेयर हर्कराज राई (साम्पाङ)ले निमन्त्रणा गरेका छन् ।

मेयर साम्पाङले मंगलबार राष्ट्रपति कार्यालय सितलनिवासमा निमन्त्रणा पत्र पठाएका हुन् । उक्त पत्र मेयर साम्पाङले मंगलबार राती करिब ९ बजे सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । मेयर साम्पाङले धरानले दशकौंदेखि खानेपानी समस्या भोग्दै आएको र हाल समाधान गर्न श्रमदान अभियान चलिरहेकोले अवलोकन र सहभागीताको लागी आमन्त्रण गरेका छन् ।

यसैगरि, मेयर साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि श्रमदान अभियानको अवलोकन तथा सहभागिताको पत्र पठाएका छन् । हाल धरानको खानेपानी समस्या हल गर्न कोकाहा खोलाको पानी ल्याउन वृहत श्रमदान अभियान चलिरहेको छ । 

rastapati-letter

pm