धरान: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले साल, सम्बत मात्र फेरिदैमा नयाँ नहुने धारणा राख्दै सोच र विचारमा पनि सकरात्मक परिवर्तन हुनुपर्ने बताएका छन् ।
नयाँ बर्ष २०८० को पहिलो दिन शुक्रबार भानुचोकमा लागुऔषधविरुद्ध आयोजित अभियानलाई सम्बोधन गर्दै मेयर साम्पाङले यस्तो बताएका हुन् । उनले सोच, विचारमा फेरवदल भएर सकरात्मक परिवर्तन नआएसम्म नयाँ साल आउने भ्रममात्र हुने बताए । ‘बर्ष मात्र नयाँ भएर हुदैन, साल सम्बत मात्र फेरिदैमा सबै कुरा नयाँ हुन्छ भन्ने हुदैन । जबसम्म सोच विचारमा फेरवदल हुुदैन,‘सकरात्मक परिवर्तन आउदैन, तबसम्म हामीले नयाँ साल आउछ भन्नु भ्रममात्र हुनेछ,’उनले भने ।
मेयर साम्पाङले सबैमा सकरात्मक परिवर्तन भएर अध्यारोबाट उज्यालोतर्फ, गलतबाट सहीतर्फ परिवर्तन हुने आशा पनि व्यक्त गरे । उनले भने, ‘अरुलाई पनि परिवर्तनको मार्गमा डोर्याउनेछौं भन्ने विश्वास लिन चाहन्छुँ ।’
मेयर साम्पाङले निवार्चित भएदेखि नै धरानलाई लागुऔषध दुव्र्यसनमुक्त बनाउन सचेतना अभियान अन्तर्गत हरेक शुक्रबार चोक चोकमा कार्यक्रम गर्दै आएका छन् । त्यसैअन्र्तगत शुक्रबार भानुचोकमा कार्यक्रम भएको हो । यो अभियानमा सहभागीहरुले गीत गराउने, कविता सुनाउने पनि गर्छन् ।
मेयर साम्पाङले धरानलाई लागुऔषध दुव्र्यसनीको सहर होइन, श्रमदान र श्रमदाताहरुको सहर बनाउने पनि बताए । उनले भने,‘धरान सचेत, जागरुक नागरिकहरुको सहर हो भन्ने प्रमाणित गर्नुपर्छ । चाडै दुव्र्यसनमुक्त सहर हो भन्ने घोषणा गर्ने अवस्थामा पुग्नुपर्छ ।’ मेयर साम्पाङले लागुऔषध दुव्र्यसन सामाजिक विकृति र मानसिक रोग हो भनेर बुझ्नुपर्ने र दुव्र्यसनको दलदलबाट मुक्त हुन चाहनेलाई सहयोग गर्ने पनि बताए ।
भिडियो :