धरान: सशस्त्र प्रहरीले धरानबाट २ सय किलोभन्दा बढी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानको टोलीले आज (बिहिबार) बिहानै ८ वटा बोरामा राखिएको २२७ किलो गाँजासहित सशस्त्र प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको हो । धरान १३ स्थित शिवधारा चेक प्वाइन्टमा प्रदेश १-०२- ००१ ख ९४८९ नम्बरको मिनी ट्रकमा चेकजाँच गर्ने क्रममा गाँजा वरामद भएको सशस्त्रले जनाएको छ ।

सशस्त्र प्रहरी वलका अनुसार साढे १ बजे गाँजासहित ट्रक चालक र सहचालक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धनकुटाको छथरजोरपाटी गाउँपालिका– ६ सिँधुवाका ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक छथरजोरपाटी–२ ओख्रेका २८ वर्षीय चूणामणि कटवाललाई पक्राउ परेको पनि सशस्त्र प्रहरीले जनाएको छ । वरामद भएको गाँजासहित पक्राउ परेका दुवैलाई गाँजा र ट्रकलाई सशस्त्र प्रहरीले थप अनुसन्धान र कारबाहीको लागि इलाका प्रहरी कार्यालय धरानको जिम्मा लगाएको छ ।