धरान: किरात राई यायोक्खा सुनसरीले सुनसरी क्षेत्र नं १ बाट प्रदेशसभा निवार्चित सांसदद्धय विजय राई र रमेश बस्नेतलाई सबै कार्यक्रमहरुमा बहिष्कार गर्ने जनाएको छ । 

यायोक्खा धरान उपमहानगर कमिटीले शनिबार भानुचोकमा आयोजना गरेको शुभकामना आदनप्रदान तथा साकेला सिली प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दै यायोक्खा जिल्ला अध्यक्ष राजेन्द्र राईले यस्तो उद्घोष गरेका हुन् । उनले हिजोका दिनमा यायोक्खाको कार्यक्रममा आएर किरात प्रदेशको लागि पार्टीसँग लड्न तयार छुँ भनेर ढाटेको भन्दै यायोक्खाको हरेक कार्यक्रमहरुमा बहिष्कार गर्ने बताए । उनले भने,‘हामीले जिताएको माननीयहरु रमेश बस्नेत खै ? विजय राई खै ? हामीले यहाँ मात्र होइन, हाम्रो हरेक कार्यक्रमहरुमा बहिष्कार गर्दैछौं ।’

कोशी प्रदेश नामङ्कन खारेज नभएसम्म आन्दोलन भइरहने भन्दै यायोक्खा अध्यक्ष राईले मुख्यमन्त्री कार्यालय, प्रदेशसभा अघि च्याब्रुङ, ढोल झ्याम्टा बजाइरहने पनि बताए । ‘एक जना लाजेहाङलाई प्रदेश सरकारले सहिद बनायो, अब सयौं लाजेहाङ तयार भइसकेको छौं । कोशी प्रदेश नाम खारेज गर्न, खारेज हुन्छ, हुन्छ,’उनले भने,‘कोशी प्रदेश नामङ्कन खारेजको निम्ति पार्टी छोड्न तयार छुँ, तर आन्दोलनबाट पछि हट्दिन ।’

भिडियो: