धरान: धरान उपमहानगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई मनोरञ्जन दिलाउन कार्यक्रम शुरु गरेको छ । 

उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाको आयोजनामा सोमबार धरान ११ स्थित मंगलबारे चोकमा ज्येष्ठ नागरिकसँग गन्धर्व कार्यक्रम आयोजना गरिएको हो । यो कार्यक्रमको परिकल्पना मेयर हर्क साम्पाङले गरेका हुन् । कार्यालयमा गन्धर्वहरु भेट्न आएको बेला केही गीतहरु गुनेको र प्रत्येक महिना ज्येष्ठ नागरिकहरुलाई गीत,संगीतबाट मनोरञ्जन दिलाउने योजना बनाएको पनि उनले सुनाए । ‘हामी जे बोल्छौं, त्यो गछौं । नगर्ने कुरा बोल्दैनौं । आज शुरुवात हो, अझै व्यवस्थित हुदै जान्छ,’उनले भने ।

gandharwa2 copy

उपमेयर अइन्द्रबिक्रम बेघाले कार्यक्रमले सांगीतिक मनोरञ्जनसँगै अग्रज आमाबुबाहरुलाई सम्मान पनि हुने बताए । ‘शारीरिकरुपमा, मानसिकरुपमा जुन अवस्थामा छौं, पुर्नताजगी प्रदान गर्नेछ, उत्साह र मनोरञ्जन प्रदान गर्ने काम गर्छ,’उनले भने,‘सबै उमेर समुहलाई एकैठाउँमा जोडेर अघि बढ्नुपर्छ, एकअर्काको पुरक भएर मानव समाज बन्नुपर्छ भनने अर्थबोध हुनेछ ।’

यो कार्यक्रम धरानको २० वटै वडाहरुमा महिनैपिच्छे आयोजना गर्ने योजना रहेको सामाजिक महाशाखाले जनाएको छ । ‘प्रत्येक वडामा क्रियाशिल रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रसँग सहकार्य गरेर यो कार्यक्रम लैजान्छौं,’ सामाजिक महाशाखाकी अधिकृत भुवन राईले भनिन्,‘ज्येष्ठ नागरिकहरुलाई चौतर्फी ध्यान पुर्याउनुपर्छ, त्योसँगै मनोरञ्जन पनि एउटा महत्वपुर्ण पाटो रहेछ भन्ने शिक्षा दिएको छ । आगामी बर्ष अझै व्यवस्थितरुपमा गर्ने सोच बनाएका छौं, यो कार्यक्रमले पनि उत्प्रेरणा दिएको छ ।’

ज्येष्ठ नागरिकहरुलाई पुर्वाञ्चल गन्धर्व सँस्कृति उत्थान समाजले सांगीतिक प्रस्तुती दिएको थियो । यो समाजले पुर्व मेचीदेखि महाकालीसम्म गन्धर्व सँस्कृति संरक्षणको लागि वृहत गन्धर्व साँस्कृतिक अभियान सञ्चालन गरिरहेको छ । 

भिडियो:

भिडियो:

gandharwa4 copy

gandharwa3 copy

gandharwa copy

gandharwa5 copy