धरान: मेयर हर्क साम्पाङले आफ्ना स्वकीय सचिवले पठाएको पत्र प्रशासनिक त्रुटी भएको र आउदा दिनहरुमा त्यसखालको पत्र नपठाउने प्रतिवद्धता जनाएपछि मेयर र वडाअध्यक्षहरुबीचको विवाद साम्य भएको छ । 

दुई महिनापछि आज बसेको धरानको कार्यपालिका बैठकमा वडाअध्यक्षहरुको प्रमुख मागलाई सम्बोधन गरेपछि बैठक सहजरुपमा अघि बढेको हो । बैठकमा वडाअध्यक्षहरुको ५ बुँदे मागको बिषयमा वडा नं १७ का अध्यक्ष तथा कार्यपालिका प्रवक्ता सुर्यबहादुर भट्टराई (मनोज)ले कुरा राखेका थिए । पाँच बुँदे माग मध्ये उनले तीन वटा माग महत्वपुर्ण भएकोले मेयर साम्पाङले सम्बोधन गर्नुपर्ने बताएका थिए । त्यसपछि बैठकलाई सम्बोधन गर्दै मेयर साम्पाङले ३ वटै मागलाई सम्बोधन गरेका थिए । 

माग सम्बोधन गर्ने क्रममा मेयर साम्पाङले आफ्नो स्वकीय सचिवले पत्र पठाउनु प्रशासनिक त्रुटी भएको स्वीकार गरेका हुन् । तत्कालिन वरिष्ठ प्रशासकीय अधिकृतलाई पत्राचार गर्न निर्देशन दिदा उनले पत्र नपठाएको र सचिवालयमार्फत पठाउदा हुने भनेपछि उक्त त्रुटी हुन पुगेको पनि मेयर साम्पाङले बताए । साथै उनले आउदा दिनहरुमा स्वकीय सचिवमार्फत त्यसखालको पत्र नआउने पनि प्रतिवद्धता जनाए । हाल प्रमुख प्रशासकीय अधिकृतमार्फत वडा कार्यालयहरुमा पुनः पत्र पठाएर सम्पन्न भएका योजना तथा कार्यक्रमहरु पठाउन आग्रह गरेर वडाअध्यक्षहरुको माग सम्बोधन पनि गरिसकेको मेयर साम्पाङले बताएका थिए ।

karyapalika1

यस्तै, वडा नं १० का अध्यक्ष विवेक राईलाई स्पष्टीकरण सोधेको पत्रको बिषयमा उक्त पत्र फिर्ता लिने तर कार्यपालिका बैठकमा सबैले आफ्नो असहमति जनाउदा वा प्रस्तुती विधिसम्मतरुपमा राख्ने सर्तमा सहमति जनाउनुपर्ने बताएका थिए । यस्तै, वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुको राजिनामा माग पनि मेयर साम्पाङले फिर्ता लिएका थिए । उनले ३, ४ पटक बैठक बोलाउदा पनि नआएपछि मात्र राजिनामा मागेको बताए । ‘त्यसमा राजिनामा दिनुपर्छ भन्ने छैन । बैठकमाम आउनु भएन भने भन्ने मात्र हो । बैठक बस्ने हो कि होइन ? बस्ने होइन भने भनेको हो । आज आइदिनुभयो, बैठक बस्यौ, फिर्ता लिए,’मेयरले भने । 

यस्तै, वडा नं १० का अध्यक्ष विवेक राईले पनि कार्यपालिका बैठक सञ्चालन कार्यविधि अनुसार बस्न आग्रह गर्दै ३ दिनअघि नै एजेण्डा आउनुपर्ने बताए । यस्तै, बैठकमा आलोपालो र समय तोकेर मात्र बोल्न दिइनुपर्ने पनि उनले बताए । साथै, चैत १ गते आफुले बोलिरहदा मेयरले क्रस गरेपछि उक्त घटना हुनपुगेको स्वीकार गर्दै आजदेखि कुरा सकिएको पनि बताएका थिए । यस्तै, उनले युट्युबरले हेडलाइन जथाभावी राखिदिनाले पनि द्धन्द सृर्जना भएकोले सबैले जिम्मेवार हुन पनि उनले आग्रह गरे । 

भिडियो: