धरान: मेयर हर्क साम्पाङलाई भ्रष्टचारको फाइल खोल्न आग्रह गर्दै सोमबार धरान उपमहानगरपालिका मुलगेट बाहिर प्रर्दशन भएको छ ।

सामाजिक अभियन्ता सरिन तामाङसहित धरानका युवाहरुले दिउँसो २ बजेदेखि ३ बजेसम्म प्रर्दशन गरेका हुन् । भ्रष्टाचार केन्द्रमा मात्र नभै स्थानीय तहमा पनि हुने भएकोले विगतमा अभियन्ताकोरुपमा रहदा मेयर हर्क साम्पाङले दाबी गरेको भ्रष्टचारको फाइल खोल्न माग गर्दे प्रर्दशन गरिएको हो । ‘पहिला मेयर साबले नै एडिबिमा भ्रष्टचार छ, विभिन्न योजनाहरुमा अनियमितता हुन्छ, भनेर सुनाएको हो,’तामाङले भने,‘मेयर साबको कालो ब्याग थियो । त्यसभित्र भ्रष्टचार भएको भनिएको फाइलहरु थियो । त्यो फाइल कहाँ छ ? अब खोल्नुपर्छ, र छानबिन गरेर कारबाही हुनुपर्छ ।’ 

sarin1

भ्रष्टचारमा संलग्न भएकाहरुलाई कारबाही गर्न खुट्टा कमाउन हुदैन, हामी साथ छौं भनेर सन्देश दिन र मेयर साम्पाङलाई झक्झकाउन आएको पनि भ्रष्टचार विरोधी अभियन्ताहरुले बताए । भ्रष्टचार विरुद्धको यो अभियान अब प्रत्येक सोमबार आयोजना हुने पनि उनीहरुको भनाई छ । प्रत्येक सोमबार दिउँसो २ देखि ३ बजे भ्रष्टचार हुने संकेत मिलेको क्षेत्रहरु वीपी प्रतिष्ठान, मालपोत, कारलगायतमा पुगेर प्ले कार्डसहित प्रर्दशन गरिने युवा अभियन्ताहरुले बताए । 

भिडियो: