धरानः धरानमा पेस्तोलसहित थप २ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा धरान १० मयुरपथका ३५ बर्षीय राजेश लिम्बु र जनता ज्यारेजका सञ्चालक धरान ५ देउरालीका २५ बर्षीय कुमार भण्डारी रहेका छन् । पक्राउ परेका दुवैलाई ईलाका प्रहरी कार्यालय धरानले आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । 

डिएसपी नवराज मल्लका अनुसार शुक्रबार दिउँसो करिब १ बजे धरान ८ स्थित जनता ग्यारेजबाट पेस्तोल वरामद भएको थियो । डिएसपी मल्ल आफै उक्त ग्यारेजमा छापा मार्न पुगेका थिए । ग्यारेजबाट पेस्तोलको व्यारेलको भाग, ग्रिप गर्ने (समात्ने) भागसमेत ग्रेण्डर मेसिनले काटी ३ टुक्रा बनाएर लुकाएको अवस्थामा मेड इन युएसए लेखिएको म्याग्जिनसहितको गोली नभएको पेस्ताल वरामद भएको डिएसपी मल्लले जानकारी दिए ।

police

उनीहरुलाई पन मुलुकी अपराध संहिता २०७४ को हातहतियार तथा खरखजना सम्बन्धी कसुर अन्तर्गत १० दिनको म्याद थप गरि अनुसन्धान भइरहेको पनि डिएसपी मल्लले जानकारी दिए । यसअघि पनि प्रहरीले धरान १७ का हुकमेन जिमी, दिपक जिमी र धरान १५ का रोहित राईलाई २ थान पेस्तोलसहित पक्राउ गरेको थियो । सोही घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले थप २ जनालाई पक्राउ गरेको हो ।