धरान: कोशी प्रदेश फुटबल संघको अध्यक्षमा निवार्चित किशोर राईले ६ महिनाभित्र प्रदेश विधान बनाउने बताएका छन् ।

संघको अध्यक्षमा निवार्चित भएपछि आज बिहान पत्रकार सम्मेलन गर्दै राईले प्रदेशको १४ वटै जिल्लालाई समेटेर विधान बनाउने र फुटबललाई आत्मनिर्भर बनाउने पनि बताए । प्रदेश १ का ११ वटा जिल्ला मात्र एन्फामा आवद्ध रहेको छ । बाँकी ३ जिल्लालाई पनि संघमा मान्यता दिने उनले बताए । ‘पहाडी र दुर्गम जिल्लामा भौतिक पुर्वाधार संरचना बनाउन बजेट, कार्यक्रम प्राथमिकतामा राख्छौं । रोजगारीमुखी र व्यवसायिकमुखी फुटबन प्रदृशमा बनाउने घोषणा गरेका छौं,’उनले भने ।

पहिलो बैठकबाट जिल्ला लिग फुटबल सम्पन्न गर्न प्रदेश र स्थानीय सरकारबाट बजेटको स्थायी व्यवस्थापन गर्ने निर्णय भएको पनि उनले बताए । यसतै, प्रदेश लिगको लागि आर्थिकको स्थायी व्यवस्थापन गर्ने पनि निर्णय भएको उनले बताए । धरानमा रात्रीकालिन फुटबलको लागि रंगशालामा फ्लडलाइट लगाउन पहल गर्ने पनि अध्यक्ष राईले बताए । यसको लागि साढे ८ करोडको बजेट आवश्यक भएको पनि उनले बताए । ‘धरानको रंगशाला निर्माण एकै पटक पुरा गर्न बजेट अभाव छ । गुरुयोजना वमोजिम संरचनाहरु क्रमागत बजेटबाट निर्माण हुन्छ,’उनले भने । 

kishor rai 1

सोमबार संसदमा प्रस्तुत बजेटले खेलकुदमा क्रिकेटलाई मात्र बढी प्राथमिकता दिएकोमा उनले असन्तुष्टी जनाए । फुटबलमा सयौं युवा खेलाडीहरु निर्भर भएको र व्यवसायिक खेलाडी बनाउने खेललाई सम्बोधन नभएको उनले बताए । यस्तै,  उनले धरानको स्थानीय सरकारले विकासको लागि सबै पक्षलाई जोडेर लैजानुपर्ने पनि बताए । ‘मन्त्री, सांसद, पुर्वजनप्रतिनिधहरु बुद्धिजिवि सबैलाई जोडेर अघि बढ्नुपर्छ । मैले नै सबै कुरा गर्छु भन्ने भावना राख्यो भने सम्भव छैन,’उनले भने,‘म मेयर ज्युलाई अनुरोध गर्न चाहन्छु, तपाईको नेतृत्वमा चाडो भन्दा चाडो सम्पुर्ण जनप्रतिनिध, पुर्वजनप्रतिनिधि, विद्धान साथीहरुसँग बसौं, तपाईको नेतृत्वमा अघि बढ्न चाहन्छौं । कि त हामी नेतृत्व गछौं, तपाईले साथ दिनुपर्यो ।’

भिडियो: