धरान: अत्यधिक गर्मी बढेपछि धरानका विद्यालयहरुलाई पनि विदा दिइएको छ ।

नगर प्रमुखस्तरीय निर्णय गरेर जेठ १८ (आज) देखि जेठ २४ गतेसम्मको लागि विदा दिइएको शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले जानकारी दिएका छन् । गर्मीको कारण पठनपाठन गर्न धेरै समस्या भएकोले बर्खे विदाबाट मिलान हुने गरि विदा दिन विद्यालयहरुबाट अनुरोध भएकोले धरानका सामुदायिक तथा संस्थागत विद्यालयहरु विदा दिइएको महाशाखाले जनाएको छ ।

school bida