धरान: धरान १३ स्थित सत्य साई स्कुल परिसरमा २ तले लायन्स सत्य साई स्कुल भवन निमार्ण सम्पन्न भएको छ । 

स्कुल भवन निर्माण समितिले बुधबार पत्रकार सम्मेलन गर्दै निर्माण सम्पन्न भएको उक्त भवन असार ९ गते विद्यालयलाई हस्तान्तरण गर्ने पनि जानकारी दिएको छ । करिब १ करोड ७० लाख रुपैयामा निर्माण सम्पन्न भएको उक्त भवन लायन्सका पुर्व इन्टरनेशनल डाइरेक्टर लायन सञ्जय खेतानको प्रमुख आतिथ्यमा हुने पनि निर्माण समितिले जनाएको छ । 

सत्य साई स्कूल २०५९ सालमा निजी क्षेत्रबट शैक्षिक गुठी मार्फत स्थापना भएको थियो । हाल कक्षा ८ सम्म अंग्रेजी माध्यममा २२५ जना बालबालिकाहरुले निःशूल्क शिक्षा पाईरहेका छन् । साथै यस स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई औषधी उपचार निःशूल्क, न्युनतम शूल्कमा बसको व्यवस्था समेत गरिएको लायन विपिन्न सुब्बाले जानकारी दिए । “शिक्षक शिक्षिकालाई पारिश्रमिक र भैपरिआउने खर्चहरुको व्यवस्थापन आर्थिक सहयोगबाट बनेको अक्षयकोषको ब्याजबाट हुदै आईरहेको पनि हामीले जानकारी पायौ, यो स्कुलले कुनै पनि सरकारी निकायको सहयोग प्राप्त भएको छैन । निजी स्रोतबाट यतिका सुविधामा संचालित सायद अरु विद्यालय छैन होला,”उनले भने । 

lions1

विद्यार्थीहरुलाई अध्ययन तथा अतिरिक्त क्रियाकलापको लागि कक्षाकोठा अभाव र थप विद्यार्थी भर्नाका लागि माग भएता पनि कक्षाकोठा नभएकोले भर्ना लिनमा समस्या भईरहेको जानकारी पाए पश्च्यात धरानका लायन्सहरु मिलेर भवन निमार्ण गर्ने प्रस्ताव पास गरेको लायन धिरज गुरुङले जानकारी दिए । “धेरै विद्यार्थीले पढ्न र कक्षा १० सम्म निःशूल्क अध्ययन गर्न पाउन् भन्ने उद्देश्यले भवन निमार्ण गरिएको हो । हामीले छ महिना भित्रमा २ तल्ले भवनमा १२ वटा कोठा सुविधा सम्पन्न बनाउन सफल भयौं,”गुरुङले भने । 

भवन निमार्णका लागि लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनले आर्थिक सहयोग गरेको छ भने लायन्स क्लबअफ धरान बुढासुब्बा, लायन्स क्लब अफ दन्तकाली धरान, लायन्स क्लब अफ विजयपुर, लायन्स क्लब अफ धरान पञ्चकन्या र लायन्सक्लब अफ धरान जुम्बा र व्यवसायी जनसेवक भण्डारी लगायतको आर्थिक सहयोगमा भवन निमार्ण सम्पन्न भएको निर्माण समितिले जनाएको छ ।

भिडियो: