धरान: बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आयोजित अव्युदय स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत इन्टर ब्याच बास्केटबल प्रतियोगितामा डाक्टर्स महिला र पुरुष दुबै टिमले उपाधी जितेको छ । 

बिहिवार भएको फाइनल खेलमा महिला तर्फ डाक्टर्स टिमले आयोजक अव्युदय थर्ड इयर टिमलाई २०-४ र पुरुष तर्फ डाक्टर्स टिमले आयोजक अव्युदयलाइ नै ४७-२० अङ्कको अन्तरले पराजित गर्दै उपाधी जितेको हो । फाइनल खेलमा सहज जित निकालेका डाक्टर्स टिमले महिला तर्फको खेलमा डाक्टर्स र अव्युदयले प्रत्यके क्वाटरमा ४-०, ६-०, ८-२ र २-२ अङ्क जोडेका थिए । यसैगरी पुरुष तर्फ डाक्टर्स र अव्युदयले ११-३, १८-३, १०-५ र ८-९ अङ्क जोडे ।

basket1 1

खेलमा महिला तर्फ डाक्टर्स टिमका डा। आशा राइले ब्यक्तिगत १८ अङ्क जोडे भने पुरुष तर्फ डाक्टर्स टिमका डा। अभिनव खम्बुले १६ अङ्क जोडे । बिजेताहरुलाई अव्युदय स्पोर्ट्स फेस्ट २०२३ को समापन कार्यक्रममा पुरस्कार बितरण गरिने बास्केटबल प्रतियोगिता संयोजक हार्दिक गोयलले जानकारी गराए । 

     थर्ड इयर अव्युदयको आयोजनामा भइरहेको स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत क्रीकेट, फुट्बल, भलिबल, टेबलटेनिस, चेस, पावरलिफ्टिङ्ग, रिले रेस, क्यारम्बोर्ड, अनलाइन गेम पबजी, सिओडी र फिफा गेम भइरहेको छ । बास्केटबलमा महिला र पुरुष तर्फ ६र६ टिमले सहभागिता जनाएको थियो । धरान बास्केटबल संघको प्राबिधिक सहयोगमा सम्पन्न बास्केटबल प्रतियोगिताको सम्पुर्ण खेल बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानको बास्केटबल कोर्टमा सपन्न भएको थियो ।

तस्वीर: बिकास चाम्लिङ राई