धरान: धरान रनका उदयीमान धावकहरुलाई प्रोत्साहन गर्न धरान मेघा हिमालयन कलेजले शनिवार खेलाडिहरुलाई जुत्ता प्रदान गरेको छ । 

नियमित रुपमा हरेक शनिवार धरान रनले आयोजना गर्ने ३ किमि रनको ५ सय ८२ औ हप्ता रनमा धरान मेघा कलेजले सहयोग गरेको हो ।धरान रनले शनिवारको दौडलाई “धरान मेघा हिमालयन कलेज ५ सय ८२ औ हप्ता रन” नाम दिएको थियो । कलेजको तर्फबाट उदयीमान खेलाडि अर्पन राई, अमित मगर, सुजित विक, सुरेन राई र विपिन राईलाई स्पोर्टस जुक्ता प्रदान गरिएको थियो ।

dharan run1

यसैगरि २० हप्ता पुरा गरेका आयुस तामाङ, ५० हप्ता दौड पुरा गरेका प्रज्वल तामाङ र सत्यहाङ राईलाई टिर्सट प्रदान गरिएको थियो । उनीहरुलाई धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्वु, धरान रनका अध्यक्ष रोमु राई, धरान रनका धाविका सविता राई र जमुना लिम्वुले प्रोत्साहन पुरस्कार वितरण गरेका थिए ।

धरान मेघा कलेजले आफ्ना विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापलाई विशेष महत्व दिंदै आइरहेको छ । खेलकुद मार्फत सामाजिक कार्य गर्दै आइरहेको धरान रन संस्था संग समन्वयन गरि सहयोग गरेर कलेजले सामाजिक उत्तरदायित्व निर्वाह गरेको धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वुले बताए । शनिवार विहान देखि वर्षा भए पनि ५ सय ८२ औ हप्ता रनमा २ सय १९ जना दौडिएका थिए ।

तस्विरः विकास चाम्लिङ राई

dharan run2