धरान: धरानमा गुड्ने विभिन्न सार्वजनिक सवारीसाधनका चालकहरुले लागुपदार्थ सेवन गर्ने गरेको खुलेको छ । 

ट्राफिक सप्ताह अन्तर्गत आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले भानुचोकमा ५ जना सवारी चालकको जाँच गर्दा केहीले लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने गरेको खुलेको हो । ट्राफिक प्रमुख प्रहरी निरीक्षक श्याम बस्नेतका अुनसार बस, टेम्पो र सफारीका चालकको टिकमार्फत जाँच गरिएको थियो । ती मध्ये ३ जनाले गाँजा, अफिम सेवन गरेको पुष्टि भएको बस्नेतले बताए । उनीहरुलाई आवश्यक कारबाही गरिने उनले बताए ।

सवारी दुर्घटना न्युनीकरणको लागि लापसे जाँच गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । लापसे जाँच गर्न केही दिनअघि धरान उपमहानगरपालिकाले ट्राफिक प्रहरीलाई किट प्रदान गरेको हो । सोही किटबाट आइतबार ट्राफिक सप्ताह अन्तर्गत छैटौं दिनमा उपमेयर अइन्द्रबिक्रम बेघाको उपस्थितिमा लापसे जाँच गरिएको हो । 

lapase

उपमेयर बेघाले सवारी चलाउदा कसैले पनि मापसे र लापसे नगर्न आग्रह गरे । मापसे र लापसे गरेर सवारी चालउदा चालकको मात्र नभएर सयांै यात्रुको ज्यान पनि असुरक्षित हुने भएकोले जिम्मेवार हुन उनले आग्रह पनि गरे । साथै, सबैलाई अनुशासित र मर्यादित भएर काम गरे कानुनसँग डराउनु नपर्ने पनि उनको भनाई थियो । 

भिडियो: