धरान: गोर्खा वेल्फेयर ट्रष्टको लगानीमा निर्माण सम्पन्न भएको धरान खानेपानी स्तरोन्नती आयोजना धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । 

धरानको खानेपानीको प्रमुख स्रोत खर्दु खोलामा १४१ दिनमा निर्माण भएको आयोजनाका संरचनाहरु आज बुधबार एक समारोहका बीच मेयर हर्क साम्पाङलाई हस्तान्तरण गरिएको हो । धरान १३ फुस्रेस्थित र्यापिड सेन्ट फिल्टर (आर.एस.एफ.) परिसरमा आयोजित समारोहमा गोर्खा सैनिकहरुको रिजनल एशोसिएन अफ नेपाल (रान)का पुर्वी नेपाल अध्यक्ष पुर्वगोर्खा मेजर झप्तमान लिम्बुले मेयर साम्पाङलाई आयोजना सम्पन्न भएको डकुमेन्ट प्रदान गरेका थिए । 

त्यसअघि, मेयर साम्पाङ, वेल्फेयरका सिईओ अल हवार्ड, वेल्फेयरको नेपालस्थित डाइरेक्टर कर्णेल पल स्मिथसमेत आँपगाछीस्थित पहिलो इन्टेकमा पुगेर निर्माण भएको संरचनाको स्थलगत निरीक्षण गरेका थिए । त्यहाँ निर्माण भएको ड्याम र इन्टेकमा सिईओ हवार्ड, डाइरेक्टर स्थिम र मेयर साम्पाङले ड्यामबाट पानी क्यानलमा छोडेर कलेक्सन च्याम्बरमा पठाएर उद्घाटन गरिएको थियो ।

khardu project2

यस्तै, फुस्रेस्थित र्यापिड स्याण्ड फिल्टरमा रिबन काटेर औपचारिकरुपमा आयोजनाको उद्घाटन गरिएको थियो भने आरएसएफको भल्व खोलेर फिल्टर गर्न पानी पठाइएको थियो । समारोहलाई सम्बोधन गर्दै ट्रष्टका सिईओ हवार्डले सहरी क्षेत्रमा ट्रष्टले लगानी नगर्ने भएपनि धरानमा धेरै भुपु गोर्खा सैनिक र परिवार बसोबार गर्ने भएकोले यो प्रोजेक्टमा लगानी गरिएको बताए । मेयर साम्पाङले वेल्फेयरको कामको प्रशंसा गर्दै धन्यवाद पनि दिए । साथै उनले उपमहानगरपालिकाको तर्फबाट आयोजनामा सहयोग पुर्याउने व्यक्तिहरुलाई प्रशंसा पत्र पनि प्रदान गरेका थिए ।

वेल्फेयरका उत्थानशिल खानेपानी, सरसफाई तथा विपद् तयारी कार्यक्रम निर्देशक दिपक कुमार श्रेष्ठका अनुसार गत पुष २६ गते सम्झौता पत्रमा हस्ताक्षर भएको थियो भने फागुन ६ गते निर्माण कार्य शुरुवात भएर २३ असारमा सम्पन्न भएको थियो । आयोजनाको लागत अनुमान ३ करोड ३७ लाख ७९ हजार २११ रुपैया गरिएकोमा वास्तविक खर्च ३ करोड १२ लाख ४७ हजार २४६ रुपैया मात्र भएको पनि उनले जानकारी दिए ।

khardu project3

आयोजना अन्तर्गत ४ वटा इन्टेक निर्माण, ४ वटा कलेक्सन च्याम्बर, फ्लकुलेटर ट्यांकीको क्षमता ६० लाख लिटरबाट अपग्रेड गरेर ९० लाख लिटर बनाइएको छ भने र्यापिड स्याण्ड फिल्टर पनि स्तरोन्नती गरेर १ करोड ६० लाख लिटरबाट २ करोड पुर्याइएको उनले जानकारी दिए । यस्तै, २ वटा क्रसिङ, वास आउट भल्व १ वटा, एयर भल्व २ वटा र पाइपलाइन २३४९.९० मिटर निर्माण भएको पनि श्रेष्ठले जानकारी दिए । 

भिडियो:

भिडियो: