धरान: डेंगुको प्रकोप बढेसँगै धरानमा फलफुलको फ्रेस जुसको मुल्य अत्यधिक बढेको सर्वसाधारण उपभोक्ताहरुले गुनासो गरेका छन्।

उपभोक्ताबाट गुनासो आएपछि बिहिबार धरान उपमहानगरपालिकाको एक टोलीले फ्रेस जुस पसलहरुको अनुगमन गरेको छ । उपमहानगरको अनुगमन अधिकृत वेदप्रसाद सापकोटा र नगर प्रहरीको टोलीले जुस पसलहरुको अनुगमन गरेको हो । डेंगुका विरामीहरुले झोल पदार्थ तथा जुस बढी मात्रामा पिउनुपर्ने भएकोले व्यापारीहरुले मुल्य अत्यधिक बढाएको गुनासो उपभोक्ताहरुको छ।

fresh juice1

अनुगमन अधिकृत सापकोटाले फलफुलको फ्रेस जुसको मुल्य अत्यधिक बढेको गुनासो आएकोले अनुगमन गरिएको बताए । अनुगमनको क्रममा केही पसलमा खरीद मुल्यमा अत्यधिक बढी जोडेर बिक्री भइरहेको भेटिएपछि घटाउन पनि निर्देशन दिएको उनले बताए । साथै, पसलहरुमा बिक्री मुल्य राख्न पनि निर्देशन दिएको उनले बताए । केही पसल दर्ता विना सञ्चालन भएकोले दर्ता गर्न पनि समय सिमा दिइएको उनले बताए । 

भिडियो: