धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानले आयोजना गरेको रक्तदान कार्यक्रममा बिहिबार ५३ पिन्ट रगत संकलन भएको छ । 

संघले धरान १ स्थित आफ्नै भवनमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । डेंगु महामारीको कारण प्लेटलेटको माग अत्यधिक भएर वीपी प्रतिष्ठानस्थित रेडक्रसको ब्लड बैंकमा रगतको अभाव भएकोले रक्तदान गरिएको संघका कार्यवाहक अध्यक्ष गोपाल श्रेष्ठले बताए । रक्तदानमा ५३ पिन्ट रगत संकलन भएको पनि उनले जानकारी दिए ।

कार्यक्रममा व्यवसायीहरु, नेपाल आर्मी, सशस्त्र र जनपद प्रहरीको टोलीले पनि रक्तदान गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापाले डेंगुले रगतको धेरै अभाव भएको अवस्थामा संघले रक्तदान कार्यक्रम गरेर धेरैको ज्यान जोगाउन भुमिका खेलेको बताए ।

blood

कार्यक्रममा संघीय प्रहरी ईकाई कार्यालय धरानका एसपी भीम दाहाल, ईलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्ल, आयोजक संघका पुर्वअध्यक्ष सरोज श्रेष्ठलगायत अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजक द्धितिय उपाध्यक्ष रामस्वरुप शर्मा रहेका थिए । व्यापारी, व्यवसायीको हकहित गर्ने संस्था भएपनि सामाजिक सेवाको काम पनि गर्दै आएको र अहिले रगतको कमी भएकोले अभाव पूर्ति गर्न रक्तदान कार्यक्रम गरिएको संयोजक शर्माले जानकारी दिए । 

blood1