धरान: आन्दोलनरत इन्टर्न संघर्ष समितिको माग वमोजिम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जीवन निर्वाह भत्ता वृद्धि गरेको छ ।

प्रतिष्ठानले चालु आर्थिक बर्षको साउन महिनादेखि लागु हुने गरि इन्र्टन विद्यार्थीहरुको निर्वाह भत्ता वृद्धि गरेर २३ हजार पुर्याउने निर्णय गरेको हो । यो निर्णयबारे प्रतिष्ठानका शैक्षिक डिन प्रा.डा.शिवेन्द्र झाले आन्तरिम परिपत्रसमेत गरिसकेका छन् । उनले इन्र्टन विद्यार्थीहरुलाई आ आफ्नो नियमित पोष्टिङ भएको विभाग एवं स्थानमा गएर इन्टर्नसिप पोष्टिङ सुचारु गर्न अनुरोध पनि गरेका छन् । तर, इन्र्टन विद्यार्थीहरुले आन्दोलन भने रोकेका छैनन् ।

हिजो (सोमबार) इन्र्टनहरुले उपकुलपति कार्यालयमा धर्ना बसेका थिए । पदाधिकारीहरुसँग मागबारे छलफल भएपनि सहमति भने हुन सकेन । आन्दोलनरत इन्टर्न विद्यार्थीहरुसँग आज पनि पदाधिकारीहरुसँग वार्ता हुने विद्यार्थी कल्याण समाजका अध्यक्ष डा.ओमशान्ति रजकले जानकारी दिए । उनले भने, ‘निर्वाह भत्ता माग वमोजिम वृद्धि गरेर २३ हजार पुगेको छ । अरु एक दुई वटा बुँदामा छलफल गरेर सहमतिमा जाने कुरा छ । आज हामी वार्तामा बस्छौं, सकरात्मकरुपमा नै अघि बढेको छ ।’

विद्यार्थी कल्याण समाज र इन्टर्न विद्यार्थीहरुको मागबारे अध्ययन गर्न यसअघि एक सिफारिश समिति समेत गठन भएको थियो । उक्त समितिले नै इन्टर्नहरुको भत्ता २३ हजार उपलब्ध गराउन सिफारिश गरेको यिथो । समितिले विगतको सहमति पालना नहुँदा विश्वासको वातावरण नबनेकोले अब उप्रान्त सहमतिहरु पुर्ण पालना गर्नसमेत सिफारिश गरेको थियो भने भविष्यमा कर्मचारी, शिक्षकहरुको तलब बृद्धि हुँदा सोही अनुपातमा इन्टर्नहरुको पनि निर्वाह भत्ता वृद्ध गर्न सिफारिश गरेको थियो ।

भिडियो: