धरान: संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र कोशी प्रदेश स्वास्थ्य मन्त्री निर्मला ताँवा लिम्बुले बिहिबार धरानको डेंगु उपचार केन्द्रहरुको अवलोकन गरेका छन् ।

धरानमा डेंगुको महामारी भइरहदा पनि संघ र प्रदेश सरकारको उपस्थिति नभएको भन्दै चौतर्फी आलोचनाको बीच बिहिबार दुवै मन्त्रीहरुले स्थलगत अवलोकन गरेका हुन् । दुवै मन्त्री जनता समाजवादी पार्टीबाट निवार्चित हुन् । शिक्षा मन्त्री राई भने सुनसरी निर्वाचन क्षेत्र नं १ का सांसदसमेत हुन् । 

minister

दुवै मन्त्रीले शुरुमा धरान ८ सभागृहस्थित उपमहानगरपालिकाले सञ्चालन गरेको डेंगु परीक्षण केन्द्रको अवलोकन गरेका थिए । उनीहरुले स्वास्थ्यकर्मीबाट परीक्षण गर्न आउने विरामीहरुको जानकारी लिनुका साथै उपचारमा आएका विरामीसँग पनि कुराकानी गरेका थिए । त्यसपछि, दुवै मन्त्री प्रदेश सरकारको सहयोगमा सञ्चालित धरान १ छाताचोकस्थित पुरानो अस्पतालमा रहेको डेंगु उपचार केन्द्रमा पुगेका थिए । 

पुरानो अस्पतालको निरीक्षण पश्चात मन्त्रीहरु धरान १३ वडा कार्यालयले सञ्चालन गरेको डेंगु उपचार शिविरको स्थलगत अवलोकन गर्न पुगेका थिए । त्यसपछि भने उनीहरु प्रदेश स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा सुनसरी उद्योग वाणिज्य संघमा रहेको उपचार शिविरको अवलोकन गरेका थिए भने औपचारिक कार्यक्रममा सहभागीसमेत भए । 

भिडियो: