धरान: घण्टाघरमा दैनिक ज्यालादारीमा कार्यरत दुई मजदुर निकालिएपछि आन्दोलनरत ट्रेड युनियनहरुले आइतबार तालाबान्दी गरेका छन् ।

संयुक्त संघर्ष समितिले आइतबार घण्टाघरको मुख्य प्रवेशद्धारमा तालाबन्दी गरेको हो । अन्यायपुर्वक निकालिएका दुई मजदुरलाई पुर्नवहाली गर्न अल्टिमेटम दिएको समय घर्किएपछि आन्दोलनरत ट्रेड युनियन संयुक्त संघर्ष समितिले तालाबन्दी गरेको हो । तालाबन्दी गर्ने क्रममा केहीबेर नगर प्रहरीसँग तनाव भएको थियो । 

ghantaghar2

अन्यायपुर्वक निकालिएका दुई मजदुरलाई पुर्नवहाली नभएसम्म तालाबन्दी जारी रहने संघर्ष समितिका संयोजक शम्सेर वर्देवाले बताए । घण्टाघरबाट निकालिएका मजदुर नरबहादुर लिम्बु (राजा) र प्रकाश राईलाई पुर्नवहाली नभए उचित राहत प्याकेज दिएर विदा गर्नुपर्ने उनले बताए । मेयर हर्क साम्पाङले भने उमेर धेरै भएको कारण अवकाश दिइएको बताउदै आएका छन् । 

मेयरले वार्तामा बोलाए

आन्दोलनरत पक्षले घण्टाघरमा तालाबन्दी गरेपछि मेयर साम्पाङले वार्तामा बोलाएका छन् । मेयर साम्पाङले वार्तामा बोलाएको कारण आफुहरु उपमहानगरपालिका जादै गरेको संघर्ष समितिका संयोजक वर्देवाले जानकारी दिए । 

भिडियो: