धरान: जिल्ला ट्राफिक कार्यालय धरानमा नयाँ प्रमुखकोरुपमा प्रहरी निरीक्षक सुभास केसी आएका छन् । 

जिल्ला ट्राफिक प्रमुख केसीले मंगलबार धरान ८ स्थित कार्यालयमा पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गर्दै आफ्नो कार्यकालमा ट्राफिक व्यवस्थापन र ट्राफिक नियम लागु गर्न प्रतिवद्ध रहने बताए । उनले ट्राफिक प्रहरीप्रति हेर्न समाजको गलत धारणालाई परिवर्तन गराउन पनि प्रयास गर्ने बताए । आफु आएलगत्तै मातहतका ट्राफिक प्रहरीहरुलाई समग्र ट्राफिकको छवि बिगार्ने गरि गलत क्रियाकलाप नगर्न पनि निर्देशन दिइसकेको बताए । 

traffic

ट्राफिक प्रहरीले चेकजाँच गर्दा ट्राफिकलाई दशैं लाग्यो भन्ने गलत मानसिकता पनि समाजले बनाउन नहुने उनले बताए । ट्राफिकले जरिवाना काटेको रकम राजश्वमा जम्मा हुने भन्दै उनले दुर्घटना भएर धन, जनको क्षति नहोस् भन्ने उद्देश्यले मात्र जिम्मेवारी निर्वाह गर्नुपरेको पनि बताए । ‘मसँग लाइसेन्स छ कि छैन, मापसे गर्नुहुन्छ कि हुदैन भन्ने हेर्नुपर्छ । ट्राफिकले चेक गर्दा, जरिवाना गर्दा दशैं आयो भन्ने मानसिकता गलत हो,’उलने भने,‘के हामी दुर्घटना हुन दिनु त ? जे सुकै होस् भनेर कार्यालयमै बसिरहनु त । होइन नि । चिट काटेको त राजश्वमा जम्मा हुने हो नि ।’ 

उनले सबै कुरा एकै दिनमा सुधार नहुने भन्दै विस्तारै सुधारको प्रयत्न गर्ने पनि बताए । आफ्नो लक्ष्य ट्राफिक व्यवस्थापनमा सरल, सहज र सुदृढ गराउनु रहेको पनि उनले बताए । ‘हामी दुर्घटना कम गराउन चाहन्छौं, कोही अपांग अंगभंग नहोस्, अकालमा ज्यान गुमाउन नपरोस् भन्ने मात्र चाहन्छौं । सबैले साथ, सहयोग दिनुपर्छ,’उनले भने ।

भिडियो: