धरान: धरानका मेयर हर्क साम्पाङ र रामप्रसाद राईविरुद्ध सर्वेच्च अदालतमा अदालतको अवहेलना गरेको दाबीसहित कारबाहीको माग गर्दै मुद्दा दायर भएको छ । 

मेयर साम्पाङ र उनी निकट रहेको स्वतन्त्र नागरिक समाजका प्रवक्ता राईविरुद्ध सुन्दरहरैचा नगरपालिकाका हेमचन्द्र घिमिरे र धरान १ का निवर्तमान वडाअध्यक्ष रोशन अधिकारीकी श्रीमति रोजिना अधिकारीले मुद्दा दायर गरेका हुन् । उक्त मुद्दामा न्यायाधिश हरिप्रसाद फुँयालको एकल इजलाशले भदौ ३ गते नै वमोजिम किन कारबाही हुनु नपर्ने हो ? कारण भए बाटोको म्याद बाहेक १५ दिनभित्र आफै वा कानुन वमोजिम प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न आदेश पनि दिइसकेको खुलेको छ । 

   निवेदकद्धयले सर्वोच्च अदालतमा सर्दु जलाधारको मुद्दा विचाराधिन अवस्थामा रहेको, अदालतले जग्गा यथास्थितिमा राख्नु भनेर दिएको आदेश विपरीत मेयर साम्पाङले जर्बजस्ती वृक्षारोपण गरेको, मेयर र रामप्रसाद राईले अदालतको मानहानी हुने गरि युट्युब च्यानलहरुमा अदालतविरुद्ध अभिव्यक्ति दिइरहेकोले कारबाहीको माग गरेका छन् । निवर्तमान वडाअध्यक्ष अधिकारीले पद र शक्तिको आडमा मेयर साम्पाङ र उनका केही समर्थकहरुले अदालतको आदेशको उल्लंघन गर्दै आफुलाई दुःख दिइरहेकोले मुद्दा दायर गरेको बताए । स्वतन्त्र नागरिक समाजका प्रवक्ता राईले भने आफुलाई मुद्दाबारे केही जानकारी नआएको प्रतिक्रिया दिए । साथै, उनले आफुले कसैलाई केही पनि नगरेको उल्लेख गर्दै भने,‘मैले कसैलाई केही भनेको, केही गरेको पनि छैन । कसरी मुद्दा हाल्यो, थाह भएन ।’

निवेदकद्धय जलाधार क्षेत्रको विवादित छोटीमोरङमा जग्गा खरिद गर्ने व्यक्ति हुन् । घिमिरे जग्गा व्यापारी हुन् । उनले जलाधार क्षेत्रमा प्लटिङ गरेका थिए । घिमिरेबाट नै अधिकारी दम्पत्तिले जग्गा किनेका थिए । सर्वोच्च अदालतले विगतमा सर्दु जलाधारको सट्टाभर्ना दिएको प्रमाण लुकाएर मुद्दा जितेको भन्दै पुराना २ मुद्दाको फैसलामा असहमति जनाउदै  जग्गा यथास्थितिमा राख्न र मुद्दा पुर्ण इजलाशमा पेश गर्न आदेश दिएको थियो । यो आदेशपछि मेयर साम्पाङ जलाधार क्षेत्रमा वृक्षरोपण गर्न पुग्दा अधिकारी दम्पत्तिसँग झगडा भएको थियो । मेयर साम्पाङ र राई जलाधार क्षेत्रबाट सट्टाभर्ना पाइसकेको जग्गा भुमाफियाको कब्जा रहेकोले सर्वोच्च अदालतले भुमाफियाको पक्षमा फैसला गर्न नहुने पक्षमा छन् ।

pic1 copy

pic 3 copy

pic 2 copy

pic 4 copy