धरान: नेवारी समुदायको परम्परागत सँस्कृति गाईजात्रा आज धरानमा पनि मनाइदैछ । 

धरान ७ स्थित सिद्धि नेवाः परिषदबाट निस्किएको सामुहिक गाईजात्रा (सापारु) ले नगरको परिक्रमा गर्नेछ । एक बर्षभित्र दिवंगत भएका परिवारका सदस्यहरुको सम्झनामा गाई वा मानिसलाई नै गाईको रुपमा सिंगारेर आफ्नो क्षेत्र परिक्रमा गराउने चलन छ । यसले दिवंगत व्यक्तिले वैतरणी पार गर्ने जनविश्वास रही आएको छ ।

भिडियो:

पुत्रशोकले विह्वल भएकी रानीलाई अरुले पनि यस्तै शोक व्यहोर्नु परेको भनेर देखाउनको लागि राजा प्रताप मल्लले मृत्यु भएका व्यक्तिको नाममा गाईजात्रा निकालेर शहर परिक्रमा गराउन आदेश दिएपछि सामुहिकरुपमा यो पर्व मनाउन शुरु भएको मानिन्छ । यसो गर्दा पनि रानी शोकबाट मुक्त हुन नसकेपछि राजाले विभिन्न ब्यंगात्मक कार्यक्रम गर्न आदेश दिएपछि हाँस्यब्यंगको चलन शुरु भएको मानिन्छ । 

gaijatra10

gaijatra3

gaijatra2

gaijatra8

gaijatra9

gaijatra7 1

gaijatra4

gaijatra6

gaijatra11