धरान: चौथो वृहत लाखेनाच प्रर्दशनी तथा सुनसरी जिल्लास्तरीय लाखेनाच प्रतियोगितामा नेवाः देय दबु झुम्का रामधुनी प्रथम भएको छ ।

नेवाः देय् दबू धरानको आयोजनामा सोमबार भानुचोकमा सम्पन्न भएको प्रतियोगितामा झुम्का प्रथम भएको हो । प्रतियोगितामा नेवाः देय् दबू मधुवन, बराहक्षेत्रको टोली दोस्रो भएको छ भने झिगु लाखे पूचः धरान तेस्रो भएको छ । प्रतियोगितामा नेवाः देय दबू बालग्राम इटहरीले सान्त्वना पुरस्कार पाएको छ ।

विजेताहरु टोलीहरुलाई नगद तथा प्रमाणपत्र पुरस्कार दिइएको थियो । प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने टोलीले क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार र सान्त्वना ५ हजार पुरस्कार, प्रमाणपत्र हात पारेको छ । 

दोस्रो भएको मधुवन, बराहक्षेत्रको लाखेनाच  (तल):

lakhe madhuwan

 तेस्रो भएको झिँगु लाखे पूचः धरानको लाखेनाच  (तल):

lakhedharan  jhigu

सान्त्वना पुरस्कार पाएको इटहरी बालग्रामको लाखेनाच (तल):

clickdharan9