धरान ः ग्याँस लिक भएर धरान १५ मदनआश्रित चोकस्थित एक घरमा आगलागी हुँदा पुर्णरुपमा क्षति पुगेको छ । 

मदनआश्रित चोक कोकोनट हाउस छेउमा रहेको सीता धितालको काठले बनेको घर जलेर पुर्णरुपमा क्षति भएको हो । टिनको छाना भएको दुई तले काठे घरमा रहेको सुनचाँदीको गरगहना, लत्ताकपडा, दुई वटा बाख्रा लगायतको सरसमानहरु जलेर नष्ट भएको धितालले जानकारी दिइन् । 

ago1

बिहान खाना पकाउने क्रममा ग्याँस लिक भएर आगलागी भएको धितालकी कान्छी बुहारी कल्पना धितालले बताईन। धरानको दुई वटा दमकल, जनपथ प्रहरी, नगर प्रहरी र स्थानीय प्रहरीले करिब २ घण्टामा आगो नियन्त्रणमा लिएको थियो । खाना पकाउने क्रममा ग्याँस अन गर्दा ग्यासबाट ह्वात्तै आगो सल्किएको र त्यसपछि पड्कीएको पीडित कल्पनाले बताईन् ।

घरमा रहेको सासु आमा र बालबच्चालाई जोगाएको तर घरभित्र रहेका सरसमान निकाल्न नसक्दा सबै जलेर नष्ट भएको उनले बताइन् । सबै जलेर नष्ट भएकोले पीडित परिवारको बस्ने बास समेत छैन । पीडित परिवारले आगलागीबाट करिब १ करोड बराबरको क्षति भएको दाबी गरेको छ ।