मोरङ: विराटनगरमा बिहिबारको रथयात्राको अवसरमा विभिन्न शंकास्पद गतिविधि गर्ने ३८ जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेहरुमा केही विगतमा विभिन्न अपराधिक गतिविधिमा समेत संलग्नहरु पनि छन् । पक्राउ पर्नेमा ३० पुरुष र ६ महिला हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी रञ्जनकुमार दाहालका अनुसार नियन्त्रणमा लिइएका मध्ये ६ जना नेपाली नागरिक हुन् । अन्य ३२ जना भने भारतीय नागरिक रहेको डिएसपी दाहालले बताए । नियन्त्रणमा लिइएका व्यक्तिहरु बारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।