धरान: महामारीको रुपमा धरानमा फैलिएको डेंगुका विरामीहरुको निःशुल्क परिक्षण तथा उपचार गरेको धरान वडा नं १३ ले आज शनिबार शिविर समापन गरेको छ ।

धरान–१३ न वडा कार्यलयको आयोजना तथा आधारभुत स्वास्थ्य केन्द्रको संयोजनमा गत साउन १५ गतेदेखी सञ्चालन गरिएको निःशुल्क डेगु शिविरको समापन गरिएको हो । ४९ दिनसम्म सञ्चालन भएको शिविरमा १ हजार ५२४ जनाले निःशुल्क डेगुको उपचार सेवा लिएको वडाध्यक्ष नेत्र प्रसाद काफ्लेले जानकारी दिए । जसमा १० वर्ष भन्दा मुनिका ८० जना वालवालिकाहरुले पनि उपचार सेवा लिएका थिए । शिविरमा १ हजार ४८४ जनाको निःशुल्क डेगु परिक्षण गरिएको पनि अध्यक्ष काफ्लेले बताए । 

शिविरमा धरानको वडा नं ६ बाहेक सबै वडाबाट विरामीह आएर उपचार सेवा लिएको वडासदस्य सन्ेताष राईले जानकारी दिए । आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख सरोज बास्तोलाको नेतृत्वमा २५ जना स्वास्थ्यकर्मीहरु शिविरमा विरामी उपचारको लागि खटिएका थिए । शिविर समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशसभा सदस्य रमेश बस्नेतले डेगु महामारीबाट पीडित बनेका नागरिकहरुको लागि निःशुल्क उपचार शिविर सञ्चालन गरेर १३ न वडा कार्यलयले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरे । यस्तै, उपमेयर अइन्द्र विक्रम बेघाले वडाले डेगु रोकथाम तथा उपचार सेवा अभियान सञ्चालन गरेर महत्वपूर्ण भुमिका खेलेको बताए । 

ward 13, dengu1

वडाध्यक्ष काफलेले कठिन परिस्थितीबाट डेगु नियन्त्रण तथा निःशुल्क उपचार सेवा अभियान सञ्चालन गरिएको बताए । उनले महामारीको समयमा नागरिकको ज्यान भन्दा ठुलो कुरा अरु केही नहुने भनेर सबैसग हारगुहार गरेर निःशुल्क शिविर सञ्चालन गरिएको बताए । उनले डेगु नियन्त्रण तथा निःशुल्क शिविर सञ्चालन गर्न सहयोग पु¥याउने स्वास्थ्यकर्मी, स्वयम सेवक, विभिन्न संघसंस्था, उद्योगी व्यवसायी, विभिन्न व्यक्तिलगायत सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा निःशुल्क डेगु शिविर सञ्चालनमा विरामीको उपचार सेवामा खटिने ३० जना स्वास्थ्यकर्मी तथा स्वयमसेवकहरुलाई सम्मान पत्रसहित सम्मानित गरिएको थियो । यस्तै, आर्थिक सहयोग, औषधी तथा विभिन्न सहयोग प्रदान गर्ने १५६ जना सहयोगी दाताहरुलाई धन्यवाद पत्र प्रदान गरिएको थियो । सोही कार्यक्रममा चार जना भोलिन्टियर्स स्वास्थ्यकर्मीहरु नगदसहित सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा हेल्थअसिसटेन्टद्वय संगीता मगर र समिक्षा सुबेदी, ल्यावटेक्निसियन सपना गुरुङ र स्टाफनर्स भावना बराल रहेको वडाध्यक्ष काफ्लेले जनाए ।

यस्तै, आधारभुत स्वास्थ्य केन्द्र प्रमुख सरोज बास्तोला, हेल्थअसिसटेन्ट रिता आलेमगर, अनमी दिपकला राई र अनमी विनोदा राई सम्मानित भएका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी कोसी प्रदेशसभा सदस्य रमेश बस्नेत, उपमेयर अइन्द्रविक्रम बेघा र वडाध्यक्ष काफ्लेले नगद तथा सम्मानपत्रसहित प्रदान गरेका थिए ।  अभियानलाई सफल बनाउन आर्थिक तथा औषधिसामग्री प्रदान गर्ने, स्वयमसेवकको भुमिका निर्वाह गर्ने सम्पूर्ण सहयोगी दाताहरुलाई धन्यवाद पत्र प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । 

भिडियो: