धरान: कोशी प्रदेश मन्त्रीपरिषद बैठकले संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सोही बैठकले प्रदेश सरकारका मन्त्रालय, आयोग र निकायहरुको आर्थिक वर्ष २०८०/८१ को अस्थायी सङ्गठन संरचनाका दरबन्दीहरु स्वीकृत गर्ने निर्णय पनि गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र बिष्टले जानकारी दिए । 

यस्तै, बैठकले सङ्घीय सरकारको बन मन्त्रालय अन्तर्गतका कोशी प्रदेशमा कार्यरत ७४ जना फरेस्टरहरु (खरिदार सरह) लाई सङ्घीय सरकारले अनुमति दिएमा प्रदेशमा समायोजन गर्न कोशी प्रदेश सरकार तयार रहेको जानकारी सङ्घीय सरकार गराउने निर्णय पनि गरेको छ । वैठकले प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीहरुलाई प्रतिदिन एक सयको दरले दिदै आएको खाजा भत्ता विद्युतीय हाजिरीका आधारमा उपस्थिति भएको दिन दैनिक दुई सयको दरले दिने निर्णय पनि गरेको बिष्टले जानकारी दिए ।