धरान:  इटहरीमा हिजो शुक्रबार भएको दुर्घटनामा धरान ११ की ४१ बर्षीया दुर्गाकुमारी राईको निधन भएको छ । 

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शुक्रबार पौने २ बजे रामधुनी ननगरपालिका ७ ईचौलस्थित चतरा कान्छी चोक पक्की सडक खण्डमा विपरीत दिशाबाट आएको स्कुटर एकापसमा जुध्दा गम्भीर घाइते भएकी राईको उपचारको क्रममा निधन भएको हो । उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प.५८१० नम्बरको स्कुटर र बिपरित दिशाबाट जादै गरेको प्रदेश १-०२-०४० प.३०३१ नम्बरको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना भएको ट्राफिक प्रहरीको भनाई छ ।

gyan

उक्त दुर्घटनामा ३०३१ नम्बररको स्कुटर चालक धरान ११ का ४८ बर्षीय ज्ञान प्रकाश राई र उनकी श्रीमति दुर्गा राई घाइते भएका थिए । नाक, छातिमा चोट लागेको ज्ञानप्रकाशको स्थानीय सान्वी सिटि अस्पताल लबिपुरमा उपचार भएको थियो । स्कुटर पछाडि सवार उनको श्रीमति दुर्गा गम्भीर घाइते भएकोले उपचारको लागी बिराट टिचिङ अस्पताल बिराटनगर पठाईएको थियो । उनको उपचारको क्रममा नै करिब पौने ४ बजे निधन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

अर्को स्कुटर को २१ प ५८१० नम्बरका चालक बराहक्षेत्र नगरपालिका २ का ४२ बर्षीय प्रताप मगर पनि गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ भने दाँया कानबाट रगत बगेको, ३ वटा दात भाचिएको, चिउडो र शरीरको बिभिन्न भागमा चोट लागेको छ । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटना भएको दुबै स्कुटर ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ । तीब्र गतिमा स्कुटर चलाएको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।