झापाः झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् । 

बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउदै गरेका झापाको बिर्तामोड नगरपालिक ३ बिर्ताबजारका २४ बर्षीय उत्सब चौधरी १ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।

यस्तै, सोही टोलीले मेचिनगर नगरपालिका ९ झोडाका २० बर्षीय निर्दोष डाँगी र २७ बर्षीय साजन राजवंशीलाई पनि १ ग्राम ९ सय मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ । ब्राउनसुगर सहित नियन्त्रणमा लिएका तीनैजनाबारे ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट आवश्यक अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ।