धरान: कोशी राजमार्गअन्तर्गत धरान इटहरी सडकखण्डको डिभाइडरमा हाइब्रिड शिरिषको विरुवा रोपिएको छ ।

धरान मुस्लिम एकता समाजको अगुवाईमा आज (सोमबार) बिहानै एक सय वटा विरुवा रोपिएको हो । मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यमा हाइब्रिट शिरिषको विरुवा वृक्षारोपण कार्यक्रम भएको थियो । धरान प्रवेश गर्ने कोशी राजमार्गको सौन्र्दयीकरण बढाउन हाइब्रिड शिरिषको विरुवा रोपिएको मुस्लिम एकता समाजका संयोजक फिरोज अलीले बताए । 

उनका अनुसार यो विरुवा कलकत्ताबाट आयात गरिएको हो । हाइब्रिड विरुवा भएको कारण उचाई १० देखि १२ फिट मात्र हुन्छ । यो विरुवा ४ महिनादेखि फुल्न थाल्ने र बाह्रै महिना फुल्ने उनले जानकारी दिए । एउटा विरुवाको मुल्य ४ सय हाराहारीमा खरिद गरिएको र कुल २ सय विरुवा रोप्ने लक्ष्य रहेको पनि संयोजक अलीले बताए । 

भिडियो:

मेयर साम्पाङले सबै मिलेर नै धरान र देश बनाउनुपर्ने धारणा राख्दै मुस्लिम समाजले वृक्षारोपण गरेकोमा खुशी व्यक्त गरे । शिरिषको बीच बीचमा सयपत्री फुल पनि रोप्ने मेयर साम्पाङको भनाई थियो । ‘वृक्षारोपणको महत्वबारे मैले भनिरहनु पर्दैन, पृथ्वी तातिदै जादैछ, गर्मी झन् बढ्दैछ । हिमालको हिउ पनि सकिन्छ भन्ने छ, विज्ञहरुले । त्यसले पृथ्वीलाई बचाउन वृक्षारोपण गर्नुपर्छ, चिसो बनाइरहनुपर्छ,’ उनले भने । वरिष्ठ डाक्टर खालिद हुसैन हकले कोभिड १९ को महामारीको बेला मुस्लिम एकता समाज स्थापना भएको स्मरण गर्दै नगरपालिकासँग समन्वय गरेर विभिन्न सामाजिक काम गरिरहेको बताए । 

siris1

siris2

siris3

siris4