धरान: धरानको मुख्य बजार क्षेत्रको सवारी आवागमनलाई सहज बनाउन तथा दुर्घटना न्युनीकरण गर्न भानुचोकदेखि पश्चिम पुतलीलाइन सडकलाई पनि वान वे (एकतर्फी) गरिने भएको छ ।

सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालय र धरान उपमहानगरपालिकाले अतिब्यस्त र सवारी चाप हुने धरान ९ स्थित यो सडकलाई पनि वान वे गर्ने तयारी गरेको हो । आज (सोमबार) भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा सिटी सफारी चालक तथा व्यवसायीहरुलाई लक्षित सचेतनामुलक कार्यक्रमा ट्राफिक प्रहरी प्रमुख एवं इन्स्पेक्टर सभास केसीले पुतलीलाइन सडकमा पनि वान वे गर्ने जानकारी गराएका थिए । 

उनका अनुसार अर्को सातादेखि पुतलीलाइनलाई वा वे गरिनेछ । ‘हामीले अर्को सातादेखि वान वे गर्ने तयारी गरिरहेका छौं । साँघुरो सडकमा धेरै सवारी चापले आवागमनलाई असहज र दुर्घटनाको जोखिम पनि बढाएको छ,’उनले भने । भानुचोकदेखि उत्तर महेन्द्र पथ, पुर्व देशीलाइन क्षेत्रमा वान वे लागु गरिदा भानुचोकदेखि पश्चिम पुतलीलाइन सडकमा पनि वान वे गरिनुपर्ने आवाज उठ्दै आएको थियो ।

city safari

उक्त सचेतनामुलक कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख केसी र उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले सिटी सफारी चालकहरुलाई अनिवार्य दर्ता गर्न र लाइसेन्स लिन आग्रह गरेका थिए । दुर्घटना न्युनीकरण गर्ने मुख्य लक्ष्य रहेको भन्दै उनीहरुले धरानमै सफारी दर्ता प्रक्रिया शुरु भइसकेको जानकारी दिदै ट्राफिक नियम उल्लंघनको कारबाहीबाट जोगिन पनि आग्रह गरे । लाइसेन्स लिने प्रक्रियामा ट्राफिक प्रहरी, स्थानीय तहले सहजीकरण नगरेसम्म सफारी चालकहरुलाई लाइसेन्स प्राप्त गर्न सम्भव नभएको सहयोगको आग्रह गरेका थिए । 

भिडियो:

भिडियो: