धरान: खानेपानीको पाइपमा क्षति पुगेपछि समस्या भोगीरहेका धरान वडा नं १४ स्थित बेलडाँडाका उपभोक्ताहरुलाई उपमेयर कोषबाट पाइप सहयोग भएको छ ।

उपभोक्ता समितिले धरान १४ वडा कार्यालयमार्फत माग गरेवमोजिम पाइप उपमेयर कोषबाट उपमेयर अइन्द्रबिक्रम बेघाले उपलब्ध गराएका हुन् । उक्त पाइप सोमबार उपमेयर बेघाले उपभोक्ता समितिलाई हस्तान्तरण गरेका थिए । उपभोक्ताहरुले माग गरेवमोजिम नै पाइप उपलब्ध गराइएको उपमेयर बेघाले जानकारी दिए । माग धेरै भएको तर उपमहानगरपालिकाको सिमित स्रोतसाधान भएकोले परिपूर्ति गर्न समस्या हुने पनि उनले बताए । 

वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले आपत विपद्को बेला नै आवश्यक पर्ने भएकोले यस्ता कोषहरु व्यवस्था गरिएको बताए । उनले उपमेयर बेघालाई धन्यवाद पनि दिएका थिए । बेलडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष ईश्वर राईले ४२ वटा धारा वितरण गरिएको बताए । भविष्यमा स्रोत थप गरेर उपभोक्ताहरु पनि थप्ने योजना रहेको उनले बताए । बर्खाले पाइपमा क्षति पुर्याए पनि वैकल्पिक स्रोतबाट उपभोक्ताहरुले पिउने पानी उपभोग गरिरहेको अध्यक्ष राईले जानकारी दिए । 

भिडियो: