धरान: जिल्ला बास्केटवल संघको नेतृत्वमा नारायण सुवेदी दोहोरिएका छन् । 

संघको पाँचौं अधिवेशनबाट सुवेदीको अध्यक्षतामा कार्यसमिति निवार्चित भएको छ । सुवेदी सर्वसम्मतरुपमा दोस्रो कार्यकालको लागि चुनिएका हुन् । धरान १० नम्बर वडा कार्यलयको सभा हलमा आयोजित अधिवेशनले सुवेदी नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मतरुपमा निर्वाचित गरेको हो । 

कार्यसमितिको उपाध्यक्षमा विवेक राई, सचिवमा विकास चाम्लिङ राई, सहसचिवमा युगल लिम्वु र कोषाध्यक्षमा डा. आशा राई चयन भएका छन् । यसैगरि, सदस्यहरुमा विकाश वनेपाली, रेखा गुरुङ, गौरवमान श्रेष्ठ, रन्जित लिम्वु, रविन गुरुङ, आस्था राई, नुप राई, चिरन्जिवि गिरी, अधिप श्रेष्ठ र बृजेस तामाङ चयन भएका छन् । सर्वसम्मत चयन कार्यसमितिलाई निर्वाचन मण्डल अध्यक्ष जनकऋषि राई, सदस्य दिपक वनेपाली, रामकृष्ण खडका, निर्वाचन मण्डल संयोजक रोशनी राई, सदस्य रोशन राई लगायतले अविर लगाएर बधाइ तथा कार्यकाल सफलताको सुभकाना दिएका थिए ।

सुवेदीको कार्यकालमा सातौ, आठौ र नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुनसरी लगातार प्रदेश च्याम्पियन बनेको थियो । सुनसरीका वैभव योगी अन्डर १६ राष्ट्रिय वास्केटवल टिममा छनौट हुदै नेपालको प्रतिनिधित्व गर्दै अन्डर १६ साउथ एशियन गेमका लागि वंगलादेश खेल्न गएका थिए । यसैगरि डा.आशा राई महिला राष्ट्रिय बास्केटवल टिममा पर्न सफल हुदै १३ औ सागमा सिल्भर मेडल र प्रशिक्षक विकास चाम्लिङ राईले व्रन्ज मेडल जित्न सफल भएका थिए । 

सुवेदीकै पालामा १३ औं साग तयारिका लागि नेपालको महिला पुरुष दुवै टिमको ४९ दिन धरानमा वन्द प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । यसअघि कुनै पनि खेलको राष्टिय टिमको वन्द प्रशिक्षण धरानमा भएको थिएन । धरान बास्केटवल संघ र सुनसरी बास्केटवल संघको सहकार्य गराइ ट्यालेन्ट हन्ट बास्केटवल टे्रनिङ क्याम्पको आयोजना गरि सय जना भन्दा बढी उदयीमान बास्केटवल खेलाडिहरुलाई छात्रवृत्ति प्रदान गरि अध्ययन गराइरहेको छ । 

अधिवेशनको उद्घाटन सत्रमा कार्यक्रमका सभाध्यक्ष एवं संघका अध्यक्ष सुवेदीले संगठनले अहिलेसम्म गरेको कार्य र आगामी योजनाको विषयमा जानकारी गराएका थिए । अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि एवं कोशी प्रदेश खेलकुद विकास वोर्डका सदस्य रोशनी राई, विशेष अतिथि कोशी प्रदेश बास्केटवल संघका उपाध्यक्ष रोशन राई, सुनसरी जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यादव कार्की, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, युवा समाजसेजी दिपक वनेपाली, संचारकर्मी रामकृष्ण खड्का लगायतको उपस्थिति रहेको थियो ।