धरान: धरान उच्च कलेजका कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेका छन् ।

हरेक वर्ष कक्षा १२ ले कक्षा ११ लाई स्वागत गर्ने प्रचलन अनुसार सो स्वागत कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ । कलेजका अध्यक्ष शिव नारायण साहको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा प्रिन्सिपल हेमचन्द्र अधिकारी र कक्षा १२ की छात्रा सन्ध्या राईले स्वागत गरेका थिए ।

कार्यक्रममा स्नेहा श्रेष्ठले औपचारीक कार्यक्रमको स्वागत गरेकी थिइन भने अपेक्षा विष्ट र सोमना देवानले अन्य कार्यक्रमको संचालन गरेकी थिइन । सो कार्यक्रममा अध्यक्ष शिव नारायण साह र प्रिन्सिपल अधिकारीले विद्यार्थीहरुलाई उच्च अध्ययनको सफलताको शुभकामना व्यक्त गरेका थिए । शुक्रवार व्यवस्थापन संकायको स्वागत कार्यक्रम भएको थियो भने शनिवार विज्ञान संकायको स्वागत कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य तथा विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा कलेजका प्राध्यापकहरुको सहभागीता रहेको थियो ।

dharan uchha1