धरानः धरान १४ स्थित केन्द्रीय प्रविधि क्याम्पसमा साइन्टिफिक लिटरेचर सर्चः रिसर्च फर लाइफ इन्टरनेट रिर्सोसेस कार्यशाला सुरु भएको छ । 

दुई दिनसम्म चल्ने उक्त कार्यशालाको उद्घाटन क्याम्पस प्रमुख डा. दिल कुमार लिम्बूले गरेका थिए । साइन्टिफिक राइटिङका लागि लिटरेचर रिभ्यू अत्यन्तै महत्वपूर्ण हुने डा. लिम्बूले बताए । सहभागीहरुलाई स्वागत मन्तव्य व्यक्त गर्दै सहायक क्याम्पस प्रमुख बविता अधिकारीले यस्ता कार्यशालाहरु मासिक वा त्रैमासिकरुपमा गर्न सकिएको रिसर्च र इनोभेसनका क्षेत्रमा धेरै कार्य गर्न सकिने बताइन् । 

स्वास्थ्य क्षेत्रमा गरिने अनुसन्धान अत्यन्तै संवेदनशिल हुने हुदा यस क्षेत्रमा अनुसन्धान गर्दा अत्यन्तै सचेत हुनु पर्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदिप ज्ञवालीले बताए । डा. ज्ञवालीका अनुसार मानवमा गरिने रिसर्चका लागि अनिवार्य इथिकल अप्रुवल लिनु पर्ने हुन्छ । यसको लागि अनुसन्धानकर्ता स्वयं सचेत हुनुपर्ने  उनको तर्क छ । 

hatisar1

पहिलो दिनको कार्यक्रमको सहजिकरण नेपाल स्वास्थ्य अनुसन्धान परिषदका पुस्तकालय तथा सुचना अधिकृत चन्द्र भुषण यादवले गरेका थिए । डिजिटल एक्सेस टु रिसर्च फर लाईफका नेपाल कन्ट्रि फोकल पोइन्ट समेत रहेका डा. यादव यो बिषयमा विगत दश बर्षदेखि कार्यरत छन् । कार्यक्रम नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सहयोगमा संचालन भइ रहेको पोषण तथा आहार बिभागका शिक्षक तथा कार्यक्रम संयोजक देवेन्द्र भट्टराईले जानकारी दिए।