धरान: धुलिखेल समाज धरानको अध्यक्षमा सुनिल तुसुजु श्रेष्ठ निरविरोध निर्वाचित भएका छन् । 

शनिबार समाजको सचिवालयमा सम्पन्न कार्यक्रमा १५ सदस्यीय कार्यसमिति निवार्चित भएको हो । आगामी ३ वर्षका लागि छनौट भएका कार्य समितिका पदाधिकारीहरुको नाम निर्वाचन अधिकृत तथा पूर्व अध्यक्ष ललितमान् तखाछेंले घोषणा गरेका थिए ।

समाजको उपाध्यक्षमा ईन्दु कोजु र मोहन गज्याजु, सचिवमा अभिमन्यू खाछेंजु, सह सचिवमा सुमन चोच्छें र कोषध्यक्षमा प्रदिप गज्याजु निवार्चित भएका छन् । यसैगरि, सदस्यहरुमा मेहरलाल याकार्छे, नीःल तुसुजु, अनिता धालाछें, राजेन्द्र टक्सारी, मेन कुमार ध्वजु, झलकलाल चुके, मनोज गज्याजु र अन्जु गज्याजु गरी १५ जना निरविरोध निर्वाचित भएका हुन् । 

कार्यक्रमका प्रमुख अतिथि धुलिखेल समाज काठमाण्डौंका अध्यक्ष देव मन्दिल खोजुले खदा र माला लगाई वधाई ज्ञापन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि खोजु, पूर्व अध्यक्ष ललितमान तखाछें र अध्यक्ष युगल कुमार तखाछेंले सिखलापुर नामक समाजको स्मारिका पनि अनावरण गरेका थिए ।

यसैगरि, सोही कार्यक्रममा महिला समितिका संयाजक अनिता धालाछेंले आगामी कार्यकालका लागि चयन भएको महिला समितिका पदाधिकारीहरुको पनि नाम सुनाएकी थिइन् । महिला समितिको संयाजकमा अन्जु गज्याजु, सह–संयाजकमा रेनु तखाछें, सदस्यहरुमा विनिता तखाछें, रसिला याकाछें, स्वास्तिका याकाछें, गीता याकाछें, लीला नेवाजु, अर्चना गणेजु, शुसिला व्यान्जु, संगीता वेंजु, खाशा धालाछें, जानुका धालाछे।, मीना धालाछें, बिना लाखे, अनिता गज्याजु चयन भएका छन् । 

dhulikhel1

कार्यक्रममा समाजको भवनको दोस्रो तलाको उद्घाटन पनि गरिएको थियो । उक्त तलामा रहेको कार्यालय कक्षको उद्घाटन प्रमुख अतिथि तथा कार्यालय कोठाको दाता समेत रहनु भएकी उपाध्यक्ष ईन्दु खोजुले संयुक्त रुपमा गरेका थिए । उक्त कार्यालय कोठा समाजका निवर्तमान अध्यक्ष स्वर्गीय दीपक कुमार कोजुको स्मृतिमा उनकी श्रीमति ईन्दु कोजु समेतको सहयोगमा निर्माण गरिएको हो । कार्यक्रमा ७० वर्ष पुरा भएका समाजका सदस्य परिवारका ५ जना जेष्ठ नागरिकलाई पाईलट गोपाल स्मृति जेष्ठ नागरिक सम्मान गरिएको थियो ।

 प्रमुख अतिथि तथा धुलिखेल समाजका अध्यक्ष खोंजुले समाजको एकता, सकृयता र पितृहरुप्रतिको सद्भाव अनि संस्थाप्रतिको सर्मपणका कारण छोटो समयमा ठूलो प्रगति गर्न सकेको धारणा व्यक्त गरेका थिए । धुलिखेल समाज सेवा ईटहरीका निवर्तमान अध्यक्ष मिलन खोजु, उपाध्यक्ष विनोद चोच्छे, श्रेष्ठ चुकें वंशज प्रतिष्ठान नेपालका अध्यक्ष मोलामान् श्रेष्ठ अतिथि तर्फबाट शुभकामना व्यक्त गरेका थिए ।

 सचिवको प्रतिवदेन मोहन गज्याजु, कोषाध्यक्षको प्रतिवेदन भिम कुमार धालाछें र महिला समतिको प्रतिवेदन संयोजक अनिता धालाछेंले प्रस्तुत गरी अनुमोदन गरिएको थियो । समाजका अध्यक्ष युगल कुमार तखाछेंले आफ्नो कार्यकालको अनुभव व्यक्त गर्दै कार्यसमितिका पदाधिकारीहरु र महिला समितिलाई मायाको चिनो प्रदान गरेका थिए ।