धरान: दुर्गापथ टोल विकास समिती धरान ८ को आयोजना र सहयोगी युवा समुह धरानको सहआयोजनामा रक्तदान कार्यक्रममा सम्पन्न भएको छ । 

टोल स्तरिय पहिलो पटक आयोजित रक्तदान कार्यक्रममा ९६ पिन्ट रगत संकलन भएको छ । विपी अस्पतालमा उपचारमा आउने विरामीहरुलाई रगत अभाव हुन नदिनलाई रक्तदान कार्यक्रम गरिएको र अगामी दिनहरुमा पनि निरन्तरता दिने दुर्गापथ टोलविकास समितीका अध्यक्ष सुबास श्रेष्ठले बताए । “रगत अभाव हुन नदिन रक्तदान कार्यक्रको आयोजना गरि समाजिक उत्तरदायित्व पुरागरेका हौ,”उनले भने । 

blood

प्रमुख अतिथि धरान उपमहानगरपालिकका उपमेयर आईन्द्रविक्रम वेघाले रक्तदान कार्यक्रम ज्यादै राम्रो काम भन्दै टोलविकास समिती र युवाहरुलाई बधाई दिए । कार्यक्रको विशेष अतिथि धरान ८ का वडाअध्यक्ष धनबहादुर राईले दुर्गापथ टोल विकास समितीले गरेको कामलाई प्रशंसा गरे । विगतमा टोललाई सुरक्षित राख्न आर्थिक संकलन गरि चोक चोकमा सिसि क्यामेरा लगाएको पनि उनले बताए । यस्तै, सरसफाई कार्यक्रम लगायतका महत्वपूर्ण कामहरु पनि गर्दै आएको भन्दै उनले टिएलओलाई बधाई पनि दिए ।