धरान: अपराधिक घटनाहरु हुन नदिई भयरहित वातावरणमा चाडपर्व मनाउने अवस्था सृर्जना गर्न सुनसरी प्रहरीले बिशेष सुरक्षा योजना बनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दशैं, तिहार र छठ पर्व लक्षित गरेर तयार गरेको सुरक्षा योजना लागुसमेत भइसकेको छ । जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी नविन कृष्ण भण्डारीका अनुसार बिशेष सुरक्षा योजना अन्तर्गत १ हजार १ सय प्रहरी परिचालन गरिएको छ ।

साथै, सुचना संकलन, गाडी मोवाइल, मोटरसाइकलमा क्विक रेस्पोन्स टिम, पैदल गस्ती, पिकेट, भिगरस, एम्बुस र आवश्यक स्थानहरुमा चेकजाँच कार्य शुरु भइसकेको डिएसपी भण्डारीले जानकारी दिए । उनले भने, 'चाडपर्वलाई शान्तिपुर्ण र मर्यादित बनाउने प्रहरीको अभियानमा आम जिल्लाबासीको साथ र सहयोगको अपेक्षा पनि गर्दछौं ।'