धरान : बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा आज पनि ओपिडी काउन्टर खुलेको छैन ।

गए रातीको वार्ता सफल नभए पछि आजको ओपिडी सेवा अन्योल भएको हो । अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै वार्ता, छलफल जारी रहेकोले राय, परामर्श पछि मात्रै सेवा सुचारु गर्ने जनाएको छ । 

अहिले पुनः प्रतिष्ठानको गेष्टहाउसमा आन्दोलनरत शिक्षक डाक्टरहरु र पदाधिकारीहरुको वार्ता चलिरहेको छ । वार्तामा प्रतिष्ठानको सिनेट सदस्यसमेत रहेका मेयर हर्क साम्पाङ पनि छन् भने विद्यार्थी कल्याण समाजका प्रतिनिधिहरु पनि छन् ।

कर्मचारी कल्याण समाजले पनि कर्मचारीहरुको प्रमोसनको बिषयलाई सम्बोधन गर्नुपर्ने माग राखेर वार्तास्थल पुग्दा केहीबेर तनाव भएको थियो । वार्तामा नागरिक समाज र सचेत धराने समुहका प्रतिनिधिहरु पनि छन् ।